काठमाडौँ — शुक्रवार बङ्गलादेशबाट पहिलोपटक एकैपटक करिब २ सय जना पर्यटक नेपाल आएका छन् । शुक्रवार र शनिवार जहाज चार्टर्ड गरी ७०० बङ्गलादेशी पर्यटक नेपाल आउने पर्यटन बोर्डले जनाएको छ । बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ । गत बर्षको चैत महिनामात्र चीनबाट१८१ चिनियाँ पर्यटक नेपालआएका थिए । सरकारले सार्वजनिक गरेको वार्षिक बजेटमा सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। पछिल्लो समय नेपाल घुम्न आउने पर्यटको सङख्या दिनानुदिन बढ्दो छ ।
नेपाल सांस्कृतिक, धार्मिक,सामाजिक, भौगोलिक सबै हिसाबले पर्यटकको रोजाइै बन्दै आएको छ । कोरोना महामारीमा ठप्प रहेको पर्यटन क्षेत्र पछिल्लो समयमा निकै सुधार आएको छ । नेपालमा पर्यटन आवागमन बढाउने उद्देश्यले सरकारले सन् २०२३ बाट भ्रमण दशक सुरु गरेको छ ।
सरकारले सार्वजनिक गरेको वार्षिक बजेटमा सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।शुक्रवार मात्रैबङ्गलादेशबाट पहिलोपटक एकैपटक करिब २ सय जना पर्यटक नेपाल आएका छन् । शुक्रवार र शनिवार जहाज चार्टर्ड गरी ७०० बङ्गलादेशी पर्यटक नेपाल आउने नेपाल पर्यटन बोर्डले जनाएको छ । जहाज चार्टर्ड गरेर नेपाल आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ ।
गत बर्षको चैत महिनामात्र चीनबाट१८१ चिनियाँ पर्यटक नेपाल आए । १० दिनसम्म नेपाल बसेका पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलगायतले विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरे। यता पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा नराखेको व्यवसायीको गुनासो छ ।
कोभिडबाट धरासायी भएको पर्यटन उद्योगको सम्वर्द्धन र प्रवद्र्धनमा सरोकारवालाबाट चालिनुपर्ने कदमका नीतिहरु समावेश हुनुपर्नेमा विशेष जोड दिनुपर्ने बताउँछन् । नेपाल पर्यटन बोडको तथ्याङक हेर्ने हो भने सन् २०२२ मा छ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका छन् ।
महामारीका कारण सन् २०२० मा शून्यप्रायः देखिएको पर्यटक आगमन सन् २०२२ देखि सुधार आएको बोडले जनाएको छ । सन् २०२३ सुरुभएको पहिलो ६ महिनामा ४लाख ७ हजार बढि पर्यटक नेपाल भित्रिएको बोडकोे तथ्याङ रहेको छ । नेपाल घुम्न भारत,अमेरिका युके चीन लगाएतका देशबाट धेरै पर्यटक आउने गरेका छ्न । पर्यटन क्षेत्रको बिकासलाई मध्येनजर गरेर सरकारले ध्यान दिन सके नेपालले आर्थिक क्षेत्रमा फड्को मार्न टेवा पुग्नेछ ।
प्रतिक्रिया