काठमाडौँ — चैत ३० गते हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका थिए ।

त्यस्को ठिक करिब ४ महिना पछि दुई सय बढी बंगलादेशी पर्यटकहरू चार्टड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् । शुक्रबार मध्यान्ह २ सय बढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो ।
बंगलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरूले पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजागाजासहित स्थानीय पहिचान झल्कने नाचगान प्रस्तुत गरेका थिए । बंगलादेशबाट एकसाथ यति धेरै पर्यटक नेपाल आएका हुन् । आज र भोलि गरेर बंगलादेशबाट करिब सात सय पर्यटकहरू नेपाल आउने बताइएको छ ।
पर्यटकहरूको स्वागतका लागि विमानस्थल पुगेका नेपाल पर्यटन बोर्डका प्रवन्धक सूर्य थापाले बंगलादेशबाट होलिडे मनाउनका लागि नेपाल आएको बताए । उनले पछिल्लो तीन वर्षयता बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या निरन्तर बढिरहेको पनि बताए ।
प्रतिक्रिया