विदेश

विमान दुर्घटना हुँदा मलेसियामा १० जनाको ज्यान गयो


काठमाडौँ — मलेसियाको मध्य सेलान्गोर राज्यमा आज बिहीवार एक सानो निजी विमान सडकमा ठोकिँदा १० जनाको ज्यान गएको छ । विमान दुर्घटना हुँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको ज्यान गएको छ ।

मलेसियाको नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति निकालेर विमानमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य रहेका जनाएको छ । प्राधिकरणका प्रमुख नोराजमान महमुदका अनुसार विमान उत्तरी रिसोर्ट टापु लाङकावीबाट राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह विमानस्थलतर्फ उडेको थियो ।