Breaking

मुस्ताङको कागबेनीमा बाढीले ३१ घर बगायो, स्थानीयलाई सेनाको टोलीले सार्यो


काठमाडौँ – मस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ बागबेनी बजारमा बाढीले ३१ घर बगाएको छ ।

कागखोलामा आइतबार बेलुका आएको बाढीले बजार पूरै जलमग्न भएको नोपाली सेनाले जनाएको छ । बाढीपछि स्थानीय बासिन्दालाई नेपाली सेना र अन्य सुरक्षाकर्मीले करिब ५०० मिटरमाथि सुरक्षित क्षेत्रमा सारेका छन् । हालसम्म यो क्षेत्रमा बाढीले कागबेनी, लोमान्थाङ जाने एउटा पक्की पुल र एउटा काठेपुल बगाएको छ ।

वारागुङ्ग मुक्तिक्षेत्र गाउपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको लेदोसहितको बाढीले हालसम्म मानवीय क्षति नभएको सेनाले जनाएको छ ।

बाढीले कागबेनी बस्तीमा ३१ वटा घर तथा होटल बगाएको छ । यस्तै जोमसोम(कोरोला सडकको पक्की पुल, झोलुङ्गे पुल, २ वटा गाडी र ३ वटा विद्युतीय पोल बगाएको छ ।

जोमसोमस्थित नारायणदल गणबाट बिहानैदेखि ४५ जनाको फौज त्यस क्षेत्रमा खटाइएको छ । बाढीग्रस्त सबै क्षेत्रमा पुग्न कठिनाई भएका कारण एकिन तथ्यांक संकलन गर्न नसकिएको पवक्ता भण्डारीले बताए ।