काठमाडौँ — उत्तर कोरियाका नेता किम जोङ उनले सेना प्रमुखलाई बर्खास्त गरेका छन् । सेना प्रमुखको बर्खास्तसँगै किमले सेना र सेनाका उच्च अधिकारीहरुलाई सम्भावित युद्धको तयारी गर्न पनि आदेश दिएका छन । अमेरिकासंग सधै विपरित धु्रवमा उभिएर वारको धम्की दिने उत्तर कोरियाले थप आणविक हतियारको विकास गरेको छ । उतर कोरियाली शासक किम जोङ उन आवश्यक परे अमेरिकासँग युद्धका लागि मैदानमा उत्रिने सन्देश सहित हतियार विस्तारमा लागेकाछन् ।
बेला–बेलामा आणविक हतियारको मार हानेर अमेरिकालाई तर्साइरहेको कोरियाले थप हतियार उत्पादन गरेपछि अमेरिका सशंकित भएको छ । अमेरिकाको आक्रमणको जवाफ आणविक हतियारले नै दिने कोरियाली शासकको योजना छ । जसका लागि उनले केही दिन अघि मात्रै त्यहाका सेना प्रमुखलाइ बर्खास्तनै गरेका थिए । यसका साथै किमलशस्त्राको उत्पादन बढाउन र सेनालाई धेरैभन्दा धेरै युद्धअभ्यास गर्न पनि उर्दी जारी गरेको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तर कोरियाको केन्द्रीय सैनिक परिषदको बैठकमा किमले कुनै देशको नाम नलिई उत्तर कोरियाका दुश्मनहरुको सशक्त प्रतिरोध गर्ने योजनामाथि छलफल गर्दै सेनालाई युद्धअभ्यास गर्न र हातहतियारको उत्पादन बढाउन निर्देशन दिएका छन् ।
सेना प्रमुखको बर्खास्तसँगै किमले सेना र सेनाका उच्च अधिकारीहरुलाई सम्भावित युद्धको तयारी गर्न पनि आदेश दिएका छन । सेना प्रमुख भएको ७ महिनामै पाक सु इललाई बर्खास्तीमा परेका छन् ।
पाकको ठाउँमा जर्नेल री योङ जिललाई सेना प्रमुखमा नियुक्त भएकाछन् । रीले यसअघि उत्तर कोरियाको रक्षामन्त्रीको रुपमा काम गरिसकेका छन् । रक्षामन्त्रीको कार्यभारबाहेक पनि उनले सेनाको कमाण्डरको रुपमा पनि काम गरिसकेका छन् । उनलाई सन् २०१६ मा सेना प्रमुखबाट हटाइएको थियो । त्यसपछि लामो समय कुनै औपचारिक समारोह र कार्यक्रमहरुमा नदेखिदा उनलाई मृत्युदण्ड दिइएको हल्ला छिमेकी दक्षिण कोरियामा फैलिएको थियो ।
तर केही महिनापछि फेरि उनलाई माथिल्लो तहमा नियुक्त गरेपछि औपचारिक कार्यक्रमहरुमा देखिन थालेकाछन् । बैठकमा नेता किमले हातहतियार उत्पादन क्षमता विस्तारका लागि लक्ष्य निर्धारण गरेको बताए पनि विस्तृत विवरण भने खुलार्ईएको छैन । गत साता किमले हतियार कारखानाहरुको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनले मिसाइल इन्जिन शस्त्रास्त्रको उत्पादन बढाउन र अन्य हातहतियारसमेत उत्पादन गर्न आदेश दिएका थिए । यसबीच अमेरिकाले युक्रेनसँग युद्धरत रसियालाई हातहतियार‚ तोप‚ रकेट र मिसाइलहरु दिइरहेको आरोप उत्तर कोरियामाथि लगाएको छ ।
रसिया र उत्तर कोरिया दुवैले अमेरिकी आरोपको खण्डन गर्दै आएका छन् । बैठकमा नेता किमले सेनालाई देशमा उपलब्ध अत्याधुनिक हातहतियार तथा उपकरणहरुसहित युद्धाभ्यास गर्न र युद्धका लागि तत्पर रहन पनि आदेश दिएकाछन् । उत्तर कोरियाको ७५ औं स्थापना दिवसका अवसरमा आगामी सेप्टेम्बर ९ मा सैनिक परेड आयोजना गर्दै छ ।
आफ्नो सामरिक शक्ति विस्तारका लागि उत्तर कोरियाले ठूलो संख्यामा प्यारामिलिटरी समूहको उपयोग गर्दै आएको छ । उता अमेरिका र दक्षिण कोरियाले भने यही अगस्ट २१ देखि २४ सम्म संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरेका छन् । अमेरिकी–दक्षिण कोरियाली संयुक्त सामरिक अभ्यासलाई उत्तरले आफ्नो सुरक्षामा चुनौतीका रुपमा लिने गरेको छ । अधिनायकवादी शासन व्यवस्थामा चलिरहेको राष्ट्र उत्तर कोरिया पश्चिममा मुलुकहरुका लागि एउटा हाउगुजीका रुपमा रहँदै आएको छ ।
प्रतिक्रिया