विदेश

पूर्व प्रधानमन्त्री खानलाई लामखुट्टे र झिङ्गाको हैरानी, कारागारबाट मुक्त गर्न खानले गरे आग्रह

योहो संवाददाता

काठमाडौँ — पाकिस्तानको संसद भंग भएको छ । प्रधानमन्त्री शहवाज शरिफ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार राति संसद भंग गरेका हुन । त्यहाँको संसदको कार्यकाल सकिन तीन दिन मात्रै बाँकी रहँदा प्रधानमन्त्री शरीफले संसद विघटनको सिफारिस गरेका हुन् । पाकिस्तानको संसद विघठन भएको छ । प्रधानमन्त्री शहवाज शरिफ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार राति संसद भंग गरेका हुन ।

संसद विघटन भएपनि कामचलाउ प्रधानमन्त्रीको टुंगो लागेको छैन । यद्यपी संसद विघटनसंगै देशको सबैभन्दा लोकप्रिय राजनीतिज्ञ इमरान खानलाई समावेश नगर्ने निर्वाचनको पर्यवेक्षण गर्न कर्मचारीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ । यता गत वर्षको अप्रिलमा पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टारलाई सत्ताबाट हटाइएपछि देश राजनीतिक भुमरीमा परेको छ । संसद् विघटन भएको ९० दिनभित्र निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था भए पनि निवर्तमान सरकारले ढिला हुन सक्ने सङ्केत दिइसकेको छ ।

खानको सत्ताच्युत गर्न एकजुट भएका देशका पूराना पार्टीहरूबीचको गठबन्धनले विश्वको पाँचौं ठूलो जनसंख्या भएको देशको नेतृत्व सम्हालेको १८ महिनाको अवधिमा खासै जनसमर्थन प्राप्त गर्न सकेको छैन । अन्तर्राष्ट्रिय मुद्रा कोषको नयाँ राहत, विदेशी ऋण, बढ्दो मुद्रास्फीति र कच्चा पदार्थ किन्नका लागि विदेशी मुद्राको अभावका कारण कारखानाहरूमा व्यापक बेरोजगारी हुँदा अर्थतन्त्र थप अस्तव्यस्त बनेको छ । यता सुरक्षा, आर्थिक र राजनीतिक सङ्कटको सामना गरिरहेको मुलुकलाई स्थायित्व दिन र निर्वाचनमा जान ढिलाइ हुन सक्ने अनुमान राजनीतिक विश्लेषहरुले गरिरहेकाछन् ।

आइतबार मात्रै पूर्वप्रधानमन्त्री खान तीन वर्षका लागि जेल चलान भएका छन् । त्यहाँको निर्वाचन आयोगले उनलाई पाँच वर्षका लागि चुनाव लड्न प्रतिबन्धसमेत लगाएको छ । खानले आफूलाई जेलबाट निकाल्न माग गरिरहेका छन् । दिनमा झिङ्गा र रातमा लामखुट्टेले दु्ःख दिएपछि उनले आफ्नो वकिलसमक्ष जेलबाट निकाल्न माग गरेका हुन् । अन्तराष्ट्र सञ्चारमाध्यमका अनुसार पाकिस्तान तहरिक ए इन्साफ पार्टी (पीटीआई) का अध्यक्ष खानले आफ्ना कानुन व्यवसायी समक्ष आफू जेलमा बस्न नचाहेको बताएका थिए । उनले भने, ‘मलाई यहाँबाट निकाल्नुस्, म जेलमा बस्न चाहन्न ।

पूर्वप्रधानमन्त्री खानमाथि सन् २०१८ देखि २०२२ को बीचमा प्रधानमन्त्री पदमा रहँदा सरकारी खजानामा भएका उपहार खरिद र बिक्री गर्नका लागि आफ्नो शक्ति दुरुपयोग गरेको आरोप छ । यी उपहार उनलाई विदेश यात्राका क्रममा मिलेका थिए, जसको मूल्य १४ करोड पाकिस्तानी रूपैयाँ पर्छ । पाकिस्तानमा राष्ट्रका शीर्ष नेताहरूलाई प्राप्त हुने उपहार सरकारी खजाना तोशखानामा जम्मा गर्ने नियम छ । तर उनले लालचामा परेर उक्त नियमको उलंघन गर्दै उपहार विक्री गरेपछि कानुनी फन्दामा परेकाछन् ।