विदेश

अमेरिकाको हवाई माउई टापुमा डढेलो, ६ जनाको मृत्यु

योहो संवाददाता

काठमाडौँ – अमेरिकाको हवाई माउई टापुमा लागेको डढेलोमा ६ जनाको मृत्यु भएको छ । १० बढी घाइते भएको सरकारी अधिकारीले बताएका छन् । खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले जानकारी दिएका छन् । आगलागीसँगै सडक बन्द गरिएको छ भने हजारौँ नागरिक विस्थापित भएका छन् । हजारौँ विद्युत र फोन सेवा अवरुद्ध भएका छन् । आगलागीका कारण धेरै घरमा क्षति पुगेको छ। क्षतिको एकिन विवरण आइनसकेको बताइएको छ। लाहाइनामा शहरमा धेरै विनाश भएको छ । अमेरिकी कोस्ट गार्डले १२ जनालाई उद्धार गरेको बताएको छ ।