विदेश

इजरायलमा प्रचण्ड गर्मी


काठमाडोँ– मध्यपूर्वको सानो देश इजरायल अहिले प्रचण्ड गर्मीको चपेटामा छ । बढ्दो तापक्रमले आजित इजरायलीहरु जोखिम मोलेर पानी खोज्दै गर्मीको सामना गरिरहेको छन् । चर्को गर्मीबाट राहतको खोजीमा देशैभरका मानिसहरु प्राकृतिक पानी मुहान, सार्वजनिक समुद्री किनार र झरनामा पुगिरहेका छन् । उत्तरी इजरायलको राष्ट्रिय निकुञ्ज, गान हशालोशामा अहिले भीड लागेको छ । गर्मीको लहरको बीचमा, इजरायलको स्वास्थ्य मन्त्रालयले सामान्य जनता र विशेष गरी वृद्ध जनसंख्या र दीर्घकालीन रोगका बिरामीहरूलाई होसियार रहन र सकेसम्म गर्मी र घामको सम्पर्कबाट बच्न आग्रह गरेको छ । अनावश्यक शारीरिक परिश्रमबाट बच्न र धेरै पानी पिउन अनुरोध गरिरहेको छ ।