Breaking

दोलखामा पहिरोले घर बगायो, ३ जना बेपत्ता


काठमाडौँ – दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ७ टोपाटारमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन्।

गाउँपालिकाका प्रशासन प्रमुख तथा सूचना अधिकारी नवीन बस्नेतका अनुसार घटनास्थलमा वडाध्यक्ष सोनाम शेर्पा पुगेका छन्।

‘त्यहाँ हतपती फोन सम्पर्क हुँदैन’, सूचना अधिकारी बस्नेतले नेपालखबरसँग भने, ‘विस्तृत विवरण आउन बाँकी छ।’