Breaking

सुन तस्करी प्रकरणमा माओवादीकै नेता भएपनि नछोड्ने गृहमन्त्री श्रेष्ठको चेतावनी

योहो संवाददाता

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादीकै नेता भएपनि नछोड्ने चेतावनी दिनुभएको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान नरोकिने र यदि प्रमाण भेटिए पार्टीका नेता समेत कारबाहीमा पर्ने बताउनुभएको हो ।

निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने मान्यताअनुसार सरकारले अनुसन्धान गरिरहेको भन्दै उहाँले यस्तोमा पार्टीका नेता कार्यकर्ता नै किन नहुन् दोषी पाइए कारबाही भोग्न तयार हुनुपर्ने बताउनुभयो । यो प्रकरणमा माओवादी नेता कार्यकर्ताकै संलग्नता रहेको भनेर प्रचार भइरहेपछि मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।