विदेश

आङ सान सुकीलाई क्षमादान, सजाय मात्रै घट्ने, रिहा नहुने

योहो संवाददाता

काठमाडौँ — सन् २०२१ को फेब्रुअरीमा सैनिक विद्रोहपछि पक्राउ परेकी म्यानमारकी नेतृ आङ सान सुकीलाई लगाइएका आरोपमध्ये केहीमा क्षमादान दिइएको छ । जेलबाट निकालेर घरमै नजरबन्द गरिएको केही दिनपछि त्यहाँको सैनिक सरकारले सुची र राष्ट्रपति विन मियन्टको केही सजायमा क्षमादान दिएको हो । ७८ वर्षीया आङ सान सुकीलाई गत सोमबार जेलबाट नेपिडावस्थित सरकारी भवनमा सारिएको थियो । नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकी यस वर्षको जुनसम्म घरमै नजरबन्दमा थिइन्, त्यसपछि उनलाई एकान्त कारागारमा सारिएको थियो ।

म्यान्मारको सेनाले फेब्रुअरी २०२१ को कूपछि दुवैजनालाई लेजमा हालेको थियो । सुचीलाई १९ अपराधका लागि दोषी ठहर गरिएको थियो । जसमा जम्मा ३३ वर्षको सजाय सुनाइएको छ । क्षमादान आङ सान सुकी र राष्ट्रपति विन म्यिन्टलाई सबै अपराधका लागि दिइएको होइन । यो क्षमादानले उनीहरुको सजाय मात्रै कम हुनेछ ।

७८ वर्षीया सुचीलाई सेनाले लगाएको मुद्दामा ३३ वर्षको जेल सजाय सुनाइएको थियो । जेल सजाय पाएको दुई वर्षयता उनको स्वास्थ्यबारे कुनै जानकारी आएको थिएन । म्यानमारमा सैनिक विद्रोहपछि त्यहाँ गणतन्त्र अन्त्य भएर गृहयुद्ध चलेको थियो । जसबाट अहिलेसम्म एक हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।