काठमाडौँ — भारतको मणिपुर राज्यमा भएको हिंसाका कारण उत्पन्न गतिरोधका माझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नैतिक संकटमा परेका छन् । यति ठूलो घटना हुँदासमेत आवश्यक कदम चाल्न नसकेको मोदीमाथि आरोप छ । दुई महिलालाई निर्वस्त्र बनाएर सडकमा हिँडाएको घटनालाई लिएर मोदीको अहिले चौतर्फी आलोचना भईरहेको छ । विभिन्न देशको भ्रमण गरिरहेका भारतीय प्रधानमन्त्ती नरेन्द्र मोदीले विश्वभरका मिडियाहरुमा छाईरहेका थिए ।
अझै धेरै चर्चा त मोदीलाई पपुवा न्यू गिनी पुग्दा भव्य स्वागत मात्रै गरेनन् विमानस्थल पुगेका पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापेले प्रधानमन्त्री मोदीको खुट्टा ढोगेर सम्मान व्यक्त गरे । वश्वभर चर्चा कमाएका मोदी पछिल्लो समय भने आफ्नै देशमा खुशी बाँड्न सकिरहेका छैनन् । आफ्नै देशको मणिपुर राज्यमा दुई महिलालाई निर्वस्त्र बनाएर सडकमा हिँडाएको घटनालाई लिएर मोदीको चौतर्फी आलोचना भईरहेको छ । यति ठूलो घटना बाहिरिँदासमेत प्रधानमन्त्री मोदीको ध्यान जान नसकेको भनेर आलोचना भईरहेको हो ।
विपक्षी नेताहरूले प्रधानमन्त्री मोदीलाई मणिपुरबारे आवश्यक कदम अघि बढाउन भनिरहेका छन् । उनीहरूले उक्त राज्यमा देखिएको जातीय द्वन्द्वबारे प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन् । मे महिनायता मणिपुरमा भएका हिंसात्मक घटनामा कम्तीमा १३० जनाको ज्यान गएको छ भने दशौँ हजार विस्थापित भएका छन् । त्यहाँ बहुसङ्ख्यक मैतेई र अल्पसङ्ख्यक कुकी समुदायबीच द्वन्द्व भइरहेको छ । अघिल्लो हप्ता दुईजना महिलालाई भिडले निर्वस्त्र पारेर हिँड्न लगाएको एउटा भिडिओ सार्वजनिक भएपछि त्यसले विश्वव्यापी आक्रोश र निन्दा निम्त्याएको थियो ।
त्यसले प्रधानमन्त्री मोदीलाई मौनता तोड्नुपर्ने अवस्था निम्त्याएको थियो । उनले उक्त घटनाले भारतलाई ‘लज्जित तुल्याएको भन्दै आक्रमणकारीहरूलाई नछाडिने बताएका थिए । सन् २०१४ मा सत्तामा आएयता मोदीले दोस्रो पटक अविश्वासको प्रस्तावको सामना गर्नुपरेको छ । सन् २०१८ मा एकजना सांसदले मणिपुरलाई विशेष हैसियत दिनुपर्ने माग गर्दै प्रस्ताव दर्ता गराएका थिए । १२ घण्टाको बहसपछि त्यो विफल भएको थियो । भारतमा तल्लो सदन लोकसभामा अविश्वासको प्रस्ताव दर्ता गर्न सकिन्छ । तर कम्तीमा ५० जना सांसदको समर्थन भए मात्रै त्यसलाई स्वीकार गरिन्छ ।
स्वीकार गरिएको अवस्थामा सभामुखले १० दिनभित्र मतदानको मिति तोक्ने छन् । यदि सरकार बहुमत कायम गर्न विफल भएमा उसले राजीनामा दिनुपर्ने हुन्छ । अहिले बिपक्षि कंग्रेस र भारत राष्ट्र समितिका सांसदहरूले एक ढिक्का भएर मोदी विरुद्ध दुईवटा प्रस्ताव अघि बढाएका छन् ।
२०१४ मा काङग्रेसको विरासद ढालेको मोदीलाई अहिले बिपक्षिहरु एक ढिक्का भएर प्रतिपक्षले च्यापी रहेको छ । महिलामाथि यति ठूलो ज्यादतीको घटना बाहिरिँदासमेत प्रधानमन्त्री मोदी मौन बस्न नमिल्ने विश्वभरबाट आवाज उठिरहेको छ । अन्तराष्टिय« जगतमा विश्वको हरेक क्षेत्रमा शक्तिशालीको अग्रपन्तिमा रहेको भारत आफ्नै देशको जनताको समस्याको समाधान गर्न नसक्ने मोदीको आगामी यात्रा कतिको सहज होला ?


प्रतिक्रिया