काठमाडौँ – हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । बागमतीअन्तर्गत काठमाडौँ उपत्यकामा पनि अहिले वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
काठमाडौँका यी स्थानमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन सुझाव
मौसम महाशाखाका अनुसार दिउँसो पनि देशभर मौसम सामान्य बदली हुने र पानी पर्ने सम्भावना छ। दिउँसो पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस क्रममा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।
महाशाखाका अनुसार राति पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली भई पहाड र तराईमा पानी पर्ने सम्भावना छ । राति देशका पहाडी भूभागका थोरै तथा तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको हो । कोशी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया