काठमाडौँ — कोका(कोला इन्डियाले अजय विजय बथिजालाई फ्रान्चाइज अपरेसन फर साउथवेस्ट एसिया (एसडब्ल्यूए) को भाइस प्रेसिडेन्ट रुपमा नियुक्त गरेको छ । कोका-कोला कम्पनीसँग अजयको करिब २४ वर्षको करियर यात्रा रहेको छ । जसमा उनीले मार्केटिङ एन्ड फ्रान्चाइजमा एक्स्पर्टिज समावेश गरेका छन् । सन् १९९९ मा अजयले हिन्दुस्तान कोका(कोला बेभरेज प्रालि (एचसीसीबीपीएल) र फ्रन्ट लाइन सेल्स टिमसँग आफ्नो व्यावसायिक यात्रा सुरु गरेर यस संगठनभित्र विभिन्न भूमिका र पदहरुमा लगातार प्रगति गर्दै अगाडि बढ्दै गरेका थिए ।
उनी २००५ मा स्याब्को भियतनाममा मेकोंग डेल्टा क्षेत्रको लागि रिजन म्यानेजर पनि रहेका थिए । यो निर्णायक भूमिकामा उनले भोल्युम ड्राइभ गर्न सेल्स अपरेसन र रुट-टु-मार्केट रणनीतिहरूको नेतृत्व गरेका थिए । अजय कोलाजका लागि मार्केटिङ डाइरेक्टरका रुपमा भारत फर्के र ‘सेयर अ कोक’ अभियानको नेतृत्व गरे। उनले सफलतापूर्वक कोका-कोला जिरो सुगर पहिलोपटक (आईएनएसडब्ल्यूए) (भारत र दक्षिणपश्चिम एसिया) बजारमा ल्याएका थिए । उनले एकीकृत मार्केटिङ अभियानहरुमार्फत थम्स अपलाई पुनरुत्थान गर्नमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए । जसको परिणामस्वरुप उक्त ब्रान्डको लोकप्रियतामा वृद्धि भएको थियो ।
सन् २०१८ देखि २०२० सम्म बंगलादेशका लागि कन्ट्री म्यानेजरका रुपमा अजयले विश्वव्यापी रुपमा द कोका(कोला कम्पनीभित्र बंगलादेशलाई कोका(कोलाका टप ३ बजारहरुमा ल्याउन बोटलिंग पार्टनरहरुसँग नजिक रहेर काम गरेका थिए । सन् २०२० मा उनी फ्रन्ट लाइन मार्केटिङमा वरिष्ठ डाइरेक्टर हुन पुगे। जहाँ उनले पोर्टफोलियो स्ट्राटेजी पंक्तिबद्ध रुपमा सञ्चालन गरे, सिमलेस कमर्शियल र मार्केटिङ कार्यान्वयनमा सहजीकरण गरेका थिए र बंगलादेशमा कम्पनीको सबैभन्दा चर्चित म्युजिकल फ्रान्चाइजी ’कोक स्टुडियो’ सफलतापूर्वक सुरु गरेका थिए ।
अजयको अग्रगामी ‘इज कुकिङ’ले कोक र खानाको अनुभव प्रदान गर्ने प्लेटफर्मको साथ जस्तै ‘कोलकाता कुकिंग’ संग कोका(कोलाको ब्रान्ड लोकप्रियता र उपभोक्ता संलग्नतालाई बढावा दिएको छ । भारत र दक्षिणपश्चिम एशियाका प्रेसिडेन्टले संकेत रेले भने, ‘व्यवसायको बुझाइ र विकासको मानसिकताका साथ, अजयसँग व्यवसायलाई नयाँ उचाइमा पुर्याउने प्रमाणित ट्रयाक रेकर्ड छ ।
हामी आशावादी छौं कि उनको असल व्यावसायिक कौशलता र सहयोगी दृष्टिकोणले उनले दक्षिणपश्चिम एशिया क्षेत्रमा यस संगठनको उद्देश्यलाई अगाडि बढाउनेछन् । अजयले एनएमआईएमएस मुम्बईबाट मार्केटिङ म्यानेजमेन्टमा सफलतापूर्वक मास्टर्स पूरा गरेका छन्। उनले एचआर कलेज अफ कमर्स एन्ड इकोनोमिक्सबाट वाणिज्यमा स्नातक तह हासिल गरेका छन् ।


प्रतिक्रिया