काठमाडौँ — सिद्धार्थ बैंक लिमिटेड बैकिङ्ग क्षेत्रको ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN)ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ्ग क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन – गोल्ड अवार्ड बैंकलाई प्रदान गरेको हो । सिद्धार्थ बैंक गत वर्ष पनि ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको थियो ।
उक्त अवार्ड शुक्रबार, काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा। प्रकाशशरण महतले सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुन्दर प्रसाद कडेललाई हस्तान्तरण गर्नुभएको थियो । यस अवार्डले बैंकलाई आगामी दिनहरुमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको छ । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले South Asian Federation of Accountants (SAFA)द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।
सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले देशभर १९६ वटा शाखा ९५ एक्स्टेन्सन् काउन्टर सहित०, १२३ शाखारहित बैंकिङ सेवा र २२० एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकि सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न बैंकिङ्ग सुविधाहरु सरल एवं ग्राहकमैत्री ढङ्गले प्रवाह गर्दै आएको छ । ‘सम्बन्ध सधैभरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले ‘सिद्घार्थ केयर’ मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य गर्दै आएको छ ।
प्रतिक्रिया