Breaking

ट्राफिक प्रहरीको हर्कत, भ्लगरले खाए प्रहरीको जागिर


काठमाडौँ — पाहुना भगवान सरह हुन्छन् अर्थात अतिथी देव भव । तर दिल्लीकोे एकजना ट्राफिक प्रहरीको हर्कतले भने यो युक्तिकै लज्जाबोध गरिरहेको छ । एकजना कोरियन भ्लगरसँग ट्राफिक प्रहरीले पाँच हजार रुपैयाँ घुस लिएको प्रकरण थप पेचिलो बन्दै गएको छ । ट्राफिक प्रहरी कर्मचारीको मुख्य काम सवारी आवागमनलाई चुस्त रुपले सञ्चालन गर्नु हो । सवारी ऐन विपरीत चलेका सवारीसाधनलाई कानून बमोजिम कारवाही गर्नु, राजश्व वृद्धि गर्नु र दुर्घटना न्यून गराउनु पनि उसको दायित्व हो । त्यसको रेखदेख तथा व्यवस्थापन पनि उसले गर्नुपर्छ ।

देशको मुख्य पूर्वाधार भनेको सडक यातायात हो । सडक यातायातसँग जीवन र संस्कृति पनि जोडिएको छ । भनिन्छ, कि देशको आर्थिक अवस्था कस्तो छ भन्नको लागि त्यहाँको सडक मार्ग कस्तो छ भनेर अवलोकन वा निरीक्षण गर्ने बित्तिकै थाहा हुन्छ । देशको आर्थिक अवस्था प्रत्यक्षरुपमा सडक मार्गसँग जोडिएको हुन्छ । हरेक देशमा नियम कानून हुन्छ । संरक्षण र सुरक्षा दिनका लागिसडक यातायातलाई सुरक्षा र चेकजाँच गर्नका लागि ट्राफिक प्रहरी परिचालन गरिएको हुन्छ ।

सडकमा सवार गर्ने यातायातका साधनदेखि यात्रुलाई सचेत, सजग तथा एक जिम्मेवार नागरिक तथा पेशामा मर्यादित बनाउनको लागि पैदलयात्रुको जीवन रक्षा वा दुर्घटना कम गर्न सचेतनामूलक कार्य गरी नागरिकलाई सुसूचित बनाउनु ट्राफिकको काम हो । तर भारतमा यस्को ठिक विपरित दिल्ली ट्राफिक प्रहरीले आफ्ना एक हवलदारलाई वीच सडकमा देखाएको एउटा दृश्य ट्राफिक प्रहरीमाथि हेर्ने दृष्टिकोण नै परिवर्तन गरिदिएको छ । कोरियन भ्लगरसँग पाँच हजार घुस लिएको आरोपमा ट्राफिक प्रहरीलाई निलम्बनसहित कारबाही गरिएको छ ।

कोरियन भ्लगरले यो घटनाको भिडियो आफ्नो युट्युब च्यानलमा अपलोड गरेका छन् । उनले पोष्ट गरेको भिडिओले भारत देशकै ईज्जतमाथि दाग लाग्ने काम भएको भन्दै ट्राफिक प्रहरीको चर्को आलोचना भईरहेको हो । भिडियोमा कोरियन भ्लगर कारबाट कतै जाँदै गर्दा बाटोमा ट्राफिक प्रहरी जवानले रोकेको देख्न सकिन्छ । यी हवलदारले केही पैसा मागे । प्रहरीले पाँच सय मागे होलान् भनेर भ्लगरले सोच्छन् तर अँह हैन उनले त पाँच हजार भारु माग्छन् ।

त्यो पनि क्याँस भ्लगरले ५ हजार भारतीय रुपैयाँ दिँदा प्रहरी हवलदार कुनै रसिद नदिई त्यहाँबाट हिँड्छन् ।दिल्ली प्रहरीका पीआरओ सुमन नलवाले भने – प्रहरीलाई निलम्बन गरिएको छ र विभागीय अनुसन्धान भइरहेको छ । कोरियान नागरिक फिटभेली च्यानलको युट्युबमा १३ लाख सब्सक्राइबर छन् । उनले यो भिडियो अपलोड गर्दा यो क्लिप सामाजिक सञ्जालमा पनि शेयर भएको छ ।ट्राफिक प्रहरीले ट्विटरमा यो क्लिपको प्रतिक्रिया दिएको छ ।

ट्राफिक प्रहरीको अफिसियल ह्यान्डलबाट लेखिएको छ –सामाजिक सञ्जालमा पोस्ट गरेको सूचनालाई लिएर भिडियोमा देखिएका प्रहरीलाई निलम्बन गरिएको छ । भ्रष्टाचारमा प्रहरीको शून्य सहनशीलताको नीति छ । टाफिकको काम भनेको सवारी चालक र पैदल यात्रुहरुको सुरक्षा गर्नु हो । सुरक्षा गर्नु भन्दा पनि भारत घुम्न आएका पर्यटसंग यसरी वीच सडक्मै घुस माग्नु प्रहरीवर्दीमा मात्रै दाग लागेन अन्तराष्ट्र स्थिरमै भारतकोछवि धुमिलिएको छ ।