Breaking

निफ्राको नाफा ४२.७१ प्रतिशतले बढ्यो


काठमाडौँ – गत आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड ९निफ्रा०को नाफा ४२।७१ प्रतिशतले वृद्धि भएको छ ।

बैंकले आइतबार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार असार मसान्तसम्म एक अर्ब ४५ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८र०७९ को चौथो त्रैमासम्म बैंकले एक अर्ब दुई करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

अर्थतन्त्रमा आएको मन्दी र तरलतामा अनिश्चितताका करण पनि बैंकले नाफा बढाउन सफल भएको छ । मन्दी र तरलतामा आएको अनिश्चितताका कारण लगानी स्वीकृत भएका पूर्वाधार परियोजनामा बैंकको कर्जा प्रवाह र लगानीमा संकुचन आएको जानकारी दिइएको छ ।
बैंकले ब्याज आम्दानीबाट मनग्य आम्दानी गरेको छ । वित्तीय विवरणअनुसार बैंकको ब्याज आम्दानी पनि ४४.७५ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्षको असार मसान्तसम्म बैंकले ब्याज आम्दानीबापत दुई अर्ब ७२ करोड ५३ लाख रुपैयाँ प्राप्त गरेको छ । तर, अघिल्लो वर्ष कम्पनीले सोही अवधिमा ब्याज आम्दानीबापत एक अर्ब आठ करोड दुई लाख रुपैयाँ मात्र आर्जन गरेको थियो ।

बैंकको सञ्चालन मुनाफा पनि ४२.६८ प्रतिशत वृद्धि भएको छ । यो असार मसान्तसम्म बैंकले दुई अर्ब आठ करोड ८२ लाख रुपैयाँ सञ्चालन मुनाफामार्फत आर्जन गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यो बैंकले सञ्चालन मुनाफाबाट एक अर्ब ४६ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको थियो । बैंकको चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने सप्लससहितको जगेडा कोषमा दुई अर्ब २८ करोड ३२ लाख रुपैयाँ छ ।

अघिल्लो वर्षको सोही अवधिमा यो बैंकको उक्त शीर्षकमा एक अर्ब ७३ करोड ३४ लाख रुपैयाँ थियो । एक वर्षमा यो कोषको रकम ३१.७२ प्रतिशतले वृद्धि भएको वित्तीय विवरणले देखाएको छ ।

असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ५७ पैसा रहेको छ । प्रतिसेयर कुल सम्पतिको मूल्य भने १२९ रुपैयाँ ५९ पैसा रहेको छ ।