काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सय केजी सुन प्रकरणको अनुसन्धानलाई जरैसम्म पुर्याउने पक्षमा छन् । यो प्रकरणमा गृहमन्त्री श्रेष्ठमाथि नै प्रश्न उठ्न थालेको अहिलेको अवस्थामा के अनुसन्धान निकर्षमा पुग्ला त भन्ने अर्को प्रश्नपनि खडा भएको छ । जहाँ प्रहरी समेत अनुसन्धानमा नरहेको यो प्रकरणले निकर्ष पाउने मै समेत आशंका छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कडा सुरक्षा घेरा र भन्सार समेत कटाएर वाहिरिएको १ सय किलो सुन प्रकरणको अनुसन्धान कसरी अघि बढ्छ भन्ने चासो बढेको छ । अनुसन्धानमा लागि पर्नु पर्ने सुरक्षा निकायमाथि नै प्रश्न उठ्नु र राजस्व अनुसन्धान विभाग जस्तो निकायको हातमा यो मुद्धा पर्नुले समेत यसको अनुसन्धानले निष्कर्षमा पुग्नेमा आशंका जन्मिएको हो ।
जहाँ केहि समयअघिमात्र विद्युतिय चुरोटमा वेरेर सेटिङमा सुन बाहिरएको विषयमा माओवादीकै नेता जोडिदाँ समेत सरकार चुप बसेको अवस्था र अहिले पनि गृहमन्त्रीमाथि नै प्रश्न उठ्ने अवस्थाले यसलाई अझ बल पुर्याएको छ । यद्यपी गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानलाई जरैसम्म पुर्याउने बताएका छन भने राजस्व अनुसन्धान विभागले पनि सुनको वास्तविक मालिकसम्म पुग्ने किसिमले अनुसन्धान प्रक्रिया अघि बढिरहेको बताएको छ ।
जहाँ सुन निरन्तर जसो भईरहेको सुन काण्डको पछिल्ला घटनाहरु हेर्न भने भने साढे ३३ किलो सुन प्रकरणमा भरियाभन्दा केहि माथिका चुडामणि उप्रेती अर्थात गोरे मात्र पक्राउ परेका छन । नत्र अधिंकाशमा भरियाभन्दा माथि पक्राउ नपर्ने विगतका उदाहरणका विच अनुसन्धानमा समेत नाम जोडिएका सवैसम्म पुगेको छैन । अर्कातर्फ तस्करीमा समेत कमी नआएको बरु सुरक्षा घेरा र भन्सारसम्म छलेर बाहिर गएपनि अर्को निकायले सुन बरामत गर्ने दृश्यले समेत यसमा राजनीतिक संरक्षणकै आशंका गरिदै आएको छ । यता पूर्व प्रहरी अधिकारीहरु समेत यो अनुसन्धान निष्कर्षमा नपुग्ने बताउँछन ।
नेपाल तथा भारतमा कानुनी रुपमा बजारमा आपूर्ती हुने भन्दा ठुलो परिमाणमा सुनको माग हुने यर्थाथका विच त्यो माग यस्तै अवैध सुनको व्यापारले धानिरहेको छ । जसले नियमित रुपमा सुन तस्करी भईरहेको कतैबाट नछुपे पनि सुरक्षामा देखिएको लुप होल नै यसको मुख्य कारण रहेको उनीहरुको तर्क छ ।
अहिले बरामद भएको सुन समेत कति ठुलोमात्रामा सुन तस्करी हुन्छ भन्ने सानो उदाहरणमात्र भएको बताँउने पूर्व डिआईजी हेमन्त मल्ल यसले तस्करहरुले अपनाउने नयाँ तरिका र तस्करीको दृश्य उजागर गर्ने भन्दा माथि परिणाम नदिने बताउँछन । यद्यपी प्रहरीलाई समेत समन्वय गरेर केहि माथिल्लो तहसम्म अनुसन्धानमा पुग्न सक्ने आशा गर्ने उनी यस्ता तस्करी न्यूनिकरणका लागि टास्क फोर्स नै बनाएर काम गर्नुपर्ने बताउछन ।
तेश्रो देशबाट सुन आयात हुने र नेपाल ट्रान्जिट हुदै भारत पुग्ने गरेको विषयमा तिनै देशका संयन्त्र जानकार छन । अहिले बरामद भएको सुनमा समेत नेपाली सहित भारतीय र चिनियाँ नागरिक समेत पक्राउ परेपछि यसलाई अझ पुष्टि गरेको छ । तर उनीहरु समेत सुनको मालिक हैनन् भने तीनै देशले चासो नदेखाई नेपालले मात्र यत्रो ठुलो गिरोहविरुद्ध एक्लै लड्न सक्ने अवस्था छैन । जसले तस्करी रोक्न नसक्ने पक्का हुदाँ न्युनिकरणसम्म गर्न सकिने आशा भने छ ।
अर्कातर्फ पछिल्लो सुन तस्करी बारे आएको सुचना समेत नेपालबाट भन्दा भारतीय संयन्त्रहरुबाट आएको आशंका गरिएको छ । तर माओवादी नेताहरु भने यतिको ठुलो मात्रामा सुन समातिनुले नै अनुसन्धान निष्कर्षमा पुग्ने संकेत गरिसकेको बताउँछन । प्रधानमन्त्रीले यसका लागि टाउकै आगो लाउनसम्म तयार छु भन्नु तथा आयात भएको स्थान,जाने स्थान र ट्रान्जिटकै मान्छे पक्राउ पर्नुले समेत यो अनुसन्धान जरैसम्म पुग्ने उनीहरुको विश्वास छ । जहाँ प्रधानमन्त्रीको दृढ अठोट र प्रतिवद्धताले नै यसलाई विगतका अनुसन्धान भन्दा फरक उचाईमा पुर्याउने आधार भएको नेता हिमाल शर्मा बताउँछन ।
हुन त यो विषयमा नेपाल मात्र जोडिँदैन । हङकङ जस्तो देशबाट कसरी सुरक्षा घेरा कटाईयो र भारतसम्म पुर्याउने उनीहरुको आँटले समेत यसमा कुनै सानो गिरोह रहेको भन्ने अवस्था पनि छैन । जहाँ यतिका मात्राका सुन एकै जनाको हुने विषयमा पनि पूर्वप्रहरी अधिकारीहरु विश्वस्त छैनन् । जसले नेपालको एक्लो अनुसन्धान भरिया पक्रिने भन्दा माथि नजाने नै निश्चितप्राय छ । यद्यपी भरिया नै सहित नेपालबाट नेतृत्व गर्ने नाईकेसम्म मात्र अनुसन्धान पुग्यो भने पनि सफलता नै मान्नुपर्छ ।
प्रतिक्रिया