Breaking

गृहमन्त्री एमालेको एजेण्डा, रवि–गगन उभिए नारायणकाजीको साथमा, तस्करको भण्डाफोर गरौँ


काठमाडौँ — राम्रो काम गरेको भन्दै चर्चामा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि पछिल्लो सुन काण्डमा प्रश्न उठ्दा पार्टी र नेताहरु विभाजित भएका छन । उनको राजिनामा माग्ने सम्ममा सत्ताघटक दलकै नेता तथा सांसदहरु नै लाग्दा उनीमाथि प्रश्न किन भन्ने हिस्सा समेत वलियो छ । जहाँ राम्रो काम गरेकै कारण उनीमाथि घेराबन्दीमा पार्न थालेको तर्क समेत वलियो बन्न थालेको छ ।

उपप्रधानतथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि एक सय किलो सुन तस्करीमा प्रश्न उठेपछि नेता र जनमत दुई धारमा धुव्रीकरण भएका छन । एमाले र कांग्रेसकै एक पक्ष सुन काण्डमा माओवादीलाई डामेरै छाड्ने रणनितिमा देखिदाँ सत्ता र प्रतिपक्षम नै छिन्न भिन्नको अवस्थामा पुगेका हुन । जहा माओवादी भित्रै पनि ललितानिवासमा दिनानाथ शर्मा डामिन सक्ने विषयले सुन काण्ड उछालिन थालेको छ ।

भिडियो