विदेश

उत्तर कोरियाले दियो अमेरिकालाई अहिले सम्मकै ठुलो चेतावानी, तनाव थप चुलिदै

योहो संवाददाता

काठामडौँ — उत्तर कोरियाले कोरियाली प्रायद्विपमा अमेरिकाले थप उत्तेजक गतिविधि बढाए आणविक हमला गर्ने चेतावनी दिएको छ । अमेरिकाले एयरक्रा फ्टक्यारियर, बम्बर र मिसाइल सबमरिन ल्याएर उत्तेजक गतिविधि गरेमा त्यसको जवाफमा आणविक अस्त्र प्रहार हुने चेतावनी दिईएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । संयुक्त राज्य अमेरिका र उत्तर कोरियाको सम्बन्धमा संधै तनाव हुन्छ । युद्धनै लड्ने शक्तीको दम्ब देखाउने उत्तर कोरिया र अमेरिकावीचको तनाव हुनु कुनै नौलो भने हैन । अमेरिका र उत्तर कोरियाबीचको शत्रुताको प्रमुख कारण शीत युद्ध हो ।

यही कारण १९औं शताब्दिको मध्यतिर नै उत्तर कोरियाले आफ्नो सीमा पश्चिमी देशहरुको लागि बन्द नै गरेको छ । सन् १९५० मा उत्तर कोरियाका वर्तमान सर्वोच्च नेता किम जोंग उनका हजुरबा किम इल सुंगले दक्षिण कोरियामाथि आक्रमण गर्ने निर्णय गरेका थिए । अमेरिकाले यो विषयमा युद्ध रोक्न मध्यस्थाता पनि गरेको थियोे । तनाव तीन वर्षसम्म जारी रह्यो र यसबाट जनधनको ठुलो क्षति भयो । केही दशकपछि अहिले यो प्रायद्वीपमा पुनः तनावको वातावरण देखिएको छ । परमाणु परीक्षण गरेर किम जोंग उन अन्तर्राष्ट्रिय समुदायलाई चुनौति दिइरहेका छन् । परमाणु परीक्षणमा संयुक्त राज्य अमेरिकाले कडा निन्दा गर्दै आईरहेको छ । पछिल्लो समय यी दुई देशको सम्बन्धमा थप तिक्तता देखिएको छ ।

उत्तर कोरियाले कोरियाली प्रायद्विपमा अमेरिकाले थप उत्तेजक गतिविधि बढाए आणविक हमलानै गर्ने चेतावनी दिएको छ । अमेरिकाले एयरक्राफ्ट क्यारियर, बम्बर र मिसाइल सबमरिन ल्याएर उत्तेजक गतिविधि गरेमा त्यसको जवाफ आणविक अस्त्र प्रहार हुने चेतावनी अन्तराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

उत्तर कोरियाले पटक–पटकको चेतावनीपछि पनि अमेरिकाले जुलाई १८ मा दक्षिण कोरियामा आणविक बैठक गरेको र थप सैन्य गतिविधि बढाउने योजना बनाएको भन्दै आक्रोश ब्यक्त गरेको छ । गत बुधबार मात्रै जापानी समुद्रमा दुई क्षेप्यास्त्र प्रहार गरेको थियो । दक्षिण कोरिया तैनाथ एक जना अमेरिकी सैनिक भागेर उत्तर कोरिया प्रवेश गरेपछि अमेरिका र उत्तर कोरियाबीचको तनाव थप बढेको बेला उत्तर कोरियाले आणविक हमलाको धम्की दिएको हो ।