Breaking

त्रिभुवन विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद


काठमाडौँ – त्रिभुवन विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद भएको छ।

बुधबार राति राजश्व अनुसन्धान कार्यालयले विमानस्थलबाट चेकजाँच पार गरिसकेको अवस्थामा सो सुन बरामद गरेको हो ।

हङकङबाट क्याफे प्यासिफिकबाट नेपाल आएका यात्रुको साथबाट कार्यालयको टोलीले सुन बरामद गरेको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।

सुन ८० देखि १०० किलोसम्म रहेको विभागको अनुमान छ ।

विमास्थलबाट दैनिक अनुमानित एक सय किलो सुन पास भइरहेको सूचना केहीदिनदेखि आएको र सोही आधारमा अपरेसन गरिएको राजश्व अनुसन्धान विभागका एक अधिकारीले बताए ।

अपरेसन जारी रहेकाले बरामद सुन कति परिमाण छ भन्ने यकिन भइनसकेको विभागको भनाई छ ।