Breaking

अटेरी ओली–असर एमालेलाई, आधा घट्यो सदस्यता नविकरण, किन खस्कियो एमाले ?


काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले संगठन सुदृढिकरण सहित थप शक्तिशाली बन्ने रणनीतिमा छ । मिसन ८४ मुख्य लक्ष्य बनाएर अघि बढिरहेका छन । सु.खी नेपाली समृद्ध नेपालको नारा केवल नारा बनाएको एमाले अहिले आफै खस्किँदो अवस्थामा छ । तर माथिल्लो तहका नेता कार्यकर्ता नेतृत्वमाथी प्रश्न गर्न सक्दैन भने तल्लो तहका नेता कार्यकर्ता पार्टीबाट नै पन्छिने क्रम बढेको देखिन्छ । २०७२ को भुकम्प पश्चात भारतीय नाकाबन्दी विरुद्ध राष्ट्रियताको झ्याली पिटेर लोकप्रिय बनेका एमाले अध्यक्ष के.पी शर्मा ओलीले त्यहि बखत आफ्नो भिन्न क्रेज स्थापित गरे ।

माओवादीसँग पार्टी एकतापछि प्रधानमन्त्री र नेकपा अध्यक्ष हुँदा ओलीको चमकधमक थप उचाईमा पुग्यो । ओलीको उखान टुक्कामा गलल्ल हाँस्ने जमात बढ्यो । केपी बा जिन्दावादको नारादेखि केपी बा आइ लभ यु जस्ता नारा नौलो रहेन । तर उनको त्यो क्रेज संसद विघटन, नेकपा विभाजन, एमाले फुट हुँदै संसदीय निर्वाचन र उप निर्वाचनसम्म आइपुग्दा खस्किएको छ । अध्यक्ष ओलीको हुकुमीशैली र मनोमानी प्रवृत्तिका कारण पनि पार्टीभित्र दिब्र असन्तुष्टी छल्किएको छ । ओलीको हुकुमीशैलीको पछिल्लो उदाहरण एक व्यक्ति एक पद कार्यन्वयन नियाले पुग्छ ।

माथिल्लो तहदेखि तल्लो तहसम्म कार्यन्वयन भए पनि ओलीको हकमा यो लागु हुनेछैन । पार्टी कुन हदसम्म खस्किएको छ, सदस्यता नविकरणको तथ्याङक नियाले पुग्छ । निष्कृय कार्यकर्तालाई सक्रिय गराउने, नयाँ सदस्यता थप्ने लक्ष्यसहित कार्यक्रमहरु गरे । केन्द्रिय नेताहरु बस्ती बस्ती पुगेर एमाले सुधारको अभियान चलाए । वेग्रल्ती प्रचारवाजी, ठुला भाषण र कार्यक्रम केवल देखावटी सिद्ध भएको छ । केहि नयाँ थपे तर पुराना झन्डै आधा भन्दा बढी नेता कार्यकर्ताले सदस्यता नविकरण गराएका छैनन् । ओलीको एकलौटीपन अझ भनौँ ओली एण्ड कम्पनिमा भविष्य नदेखेकाहरुले सदस्यता नविकरण नगराएको कतिपयको विश्लेषण छ ।

पार्टीभित्र अध्यक्ष ओली र उनी निकटको दवदवा, ओलीको गुनगान गाउने एमाले नत्र एमाले नै होइन भन्ने प्रवृत्ति हावी छ । एमालेभित्र ओलीमाथी प्रश्न उठाए वा विद्रोहको नतिजा कस्तो हुन्छ भीम रावललाई हेरे पुग्छ । फलत एमालेभित्र नेतृत्वलाई प्रश्न गर्ने आँट कमैले गर्छन । आलोचना सोच्न समेत सक्दैन्न । आलोचनाभन्दा ओलीको गुनगान गाएर राजनीतिक भविष्यको जुगाड गर्ने धेरै छन । पाटीभित्र विकल्पको खोजी गर्ने हिम्मतको अभावले ओलीलाई थप हौसला मिलेको छ भने विरोध वा आलोचना भन्दा पार्टीबाट नै पन्छिन थालेका छन । तर नेता कार्यकर्तालाई सदस्यता नविकरणमा दवाव नै दिईरहेका छन । नविकरण गर्न हार गुहार गरिरहेका छन ।

ओली एण्ड कम्पनिको पेलान पार्टीभित्र नेता कार्यकर्ताको घट्दो आकर्षणकाबीच ओलीको विद्रोहमा निरन्तर सक्रिय भीम रावल पुन अछामबाट पार्टीमा उदाउने दाउ हेरिरहेका छन । राजनीतिक सक्रियता बढाएका छन् । आफैले प्रधानमन्त्री बनाएको प्रचण्डसँगको सहकार्य दुई महिना पनि टिकाउन नसक्दा ओली अहिले संघदेखि प्रदेशमा समेत पूर्ण प्रतिपक्ष बेन्चमा छन । गाउँ गाउँमा ओली शहर शहरमा ओली भन्दै चुनावमा होमिए, तर पार्टीका पदाधिकारीले नै चुनाव हारे । संसदको दोस्रो शक्तिमा सिमित बने । चारैतिर कमाउनेभन्दा गुमाउने क्रम बढ्दासमेत एमाले अध्यक्ष ओली भने आफूहरुको विकल्पमा अर्को कुनै शक्ति