समाचार

सिनामंगलमा भेटियो शङ्कास्पद वस्तु


काठमाडौँ – सिनामंगलमा शङ्कास्पद वस्तु फेला परेको छ ।

सिनामंगल पुल नजिक रहेको एक सुन पसलको सटरमुनि शङ्कास्पद वस्तु फेला परेको हो ।

शङ्कास्पद वस्तुसँगै एक पर्चा पनि फेला परेको छ ।

पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । संयोजक सफल ।’