Breaking

कांग्रेस वैठकः शेखरका कारण देउवा समूहमा फुट, गगन–विश्व तर्साउन वैठकमै लाईभ


काठमाडौँ — लामो रस्साकस्सीकाबीच नेपाली कांग्रेसको केन्द्रीय समिति वैठक पार्टी कार्यलय सानेपामा सुरु भएको छ । बैठकमा कार्यकाल सकिएका ६ वटाभ्रातृ संगठनको तदर्थ समितिभदौ १५ भित्रबनाउने प्रस्ताव पेश भएको छ भने ५ देखि ७ लाख नयाँ सदस्यथप्ने लक्ष्य कांग्रेसले लिएको छ । यस्तै वैठकमा कांग्रेसका हाल ४८ वटाविभाग रहेकोमा२२ विभागथपेर ७० पुर्याउनसमेत प्रस्ताव पेस भएको छ । १ वर्षपछि केन्द्रीय समिति वैठक बस्ने भएपछि मंगलबार विहानैदेखि कांग्रेस केन्द्रीय कार्यलय सानेपामा छुट्टै रौनक थियो ।

सभापति शेरबहादुर देउवाकै प्रस्तावमा वैठकको प्रत्यक्ष प्रस्तावहुने भएपछि कांग्रेस वृत्तमा मात्रै नभई सबैको ध्यान कसले के भन्लान् भन्ने चासो मंगलबार दिनभर नै रह्यो । वैठकको पहिलो दिन भएकोले पनि मंगलबार प्राय नेताहरु वैठक विचैमा छाडेर हिँडेनन्, एकले अर्काको भनाई सुनेर बसिरहे । वैठक सुरु भएलगत्तै महामन्त्री गगन थापाले २१ पृष्ठ लामो प्रस्ताव पेस गरे । उनको प्रस्तावमा ५ देखि ७ लाख नयाँ सदस्यथप्ने लक्ष्यकासाथ‘घरघर जाउँ, पार्टी सदस्यबनाउँ’अभियान चलाउने लगायत बुँदाहरु उल्लेख छन् ।

कार्यकाल सकिएका ६ वटाभ्रातृ संगठनको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव पनि उनको प्रस्तावमा समेटिएको छ । नेपाली कांग्रेससँग हाल ४८ वटा विभाग रहका छन् । त्यसमा २२ वटा थपेर ७० वटा विभाग बनाउने प्रस्ताव समेत महामन्त्री थापाले अघि सारेका छन् ।

भिडियो