Breaking

फिल्म बगानलाई काठमाडौं महानगरको ५० हजार जरिवाना


काठमाडौँ — काठमाडौं महानगरपालिकाले फिल्मको पोस्टर टाँसी दृश्य प्रदूषण गरेको भन्दै फिल्म बगानलाई ५० हजार जरिवाना तिराएको छ । मंगलबार सरोज खनाल निर्देशित फिल्म बगानलाई ५० हजार जरिवाना तिराएको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजागाईंले जानकारी दिए । महानगरले जरिवाना तिराएपछि फिल्मका निर्माता सुरेश वाग्लेले फेसबुकमा स्टाटस लेख्दै गुनासो समेत पोखेका छन् ।

गत चैत ३० गते प्रकाशन भएको काठमाडौं महानगरपालिका वाह्य विज्ञापन नियमन निर्देशिका २०७९ु ले महानगरभित्र सार्वजनिक स्थानमा विज्ञापन गर्दा कुनै पनि पर्चा, पम्पलेट टाँस्न बन्देज गरेको थियो । सर्वसाधारणको सुरक्षा, शहरी सुन्दरता, सडकपेटी, सार्वजनिक संरचना, विद्युत र टेलिफोनका खम्बालगायत कुनै पनि ठाउँमा विज्ञापन गर्न निषेध गरिएको उक्त निर्देशिकामा उल्लेख छ ।