Breaking

मलेसियामा नेपाल एयरलाइन्सको विमान डिले भएपछि छानबिन समिति गठन


काठमाडौँ – क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको उडान डिले भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ ।

निगमको आरए ४२२ उडान भर्नु अगाडी एन-एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान रोकिएको थियो ।
अहिले यसको व्यवस्था भइसकेको र जहाज उड्ने क्रममा रहेको निगमले उल्लेख गरेको छ ।

के(कस्तो प्राविधिक कारणले यो समस्या आएको हो र भविष्यमा यो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन निगमले एक छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडी बढाएको बताएको छ ।

कम्पनीले उडान ढिला भएको प्रति यात्रुसँग माफी माग्दै आगामी दिनमा यस्तो नहुने बताएको छ ।