Breaking

दक्षिण कोरियामा बाढीले मृत्यु हुनेको संख्या ५२ पुग्यो


काठमाडौँ – दक्षिण कोरियामा गएको बाढीमा मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
बाढीका कारण चेङ्गु सहरको सुरुङमा धेरै मानिसहरू फसेका छन्। उक्त सुरुङबाट हालसम्म १३ जनाको शव उद्धारकर्मीले निकालेका छन् ।

शनिबार राति खोला बगेपछि चेङजु सहरको सुरुङ पानीले भरिएको थियो । बाढीका कारण ६८३ मिटर लामो सुरुङमा धेरै सवारीसाधन फसेका छन् । तीमध्ये अधिकांश कारमा सवार थिए। यसबाहेक सुरुङमा बस पनि फसेको छ।

सुरुङमा कति मानिस फसेका छन् भन्ने खुलेको छैन । वर्षा र बाढीका कारण थप ३९ जनाको ज्यान गएको बताइएको छ ।
अविरल वर्षा र बाढीका कारण देशका विभिन्न ठाउँमा पहिरो खसेको छ भने विद्युत सेवा पनि अवरुद्ध भएको छ । सोमबार बिहानसम्म नौ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।
सुरुङबाट निकालिएका शव सबै बसमा सवार थिए । यसबाहेक नौ जनालाई जीवितै उद्धार गरिएको छ ।