काठमाडौँ — प्रविधि उद्योगका दुई हस्ती एलन मस्क र मार्क जुकर्बगबीच पटक–पटक विवाद हुँदै आएको छ । भर्खरै मात्रै जुकर्बगले ट्वीटरजस्तै ‘थ्रेड्स’ सार्वजनिक गरेपछि ट्वीटरका मालिक मस्क रिसाएका छन् । सामाजिक संजाल थ्रेड्स सार्वजनिक भएसँगै ट्वीटरको कारोबार झण्डै आधाले घटेको छ । केही समयअघि कुस्ती नै खेल्न तयार भएका उनीहरु अब भने एक अर्काबीच कानुनी लडाईं लड्ने भएका छन् । तपाई हामिले सबैभन्दा धेरै प्रयोग गर्ने सामाजिक संजाल कुन हो ? धेरैको मुखबाट फ्याट्ट जवाफ आउन सक्छ, फेसबुक र ट्वीटर ।
हो, प्रविधि क्षेत्रका २ ठूला हस्ती ट्वीटरका मालिक एलन मस्क र फेसबुकको मेटाको माउ कम्पनीका मार्क जुकर्बगबीचको विवाद थप चुलिएको छ । भर्खरै मात्र जुकर्बगले अर्को प्लेटर्फम ‘थ्रेड्स’ सार्वजनिक गरेसँगै ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क कानुनी लडाईंमा जान लागेका हुन् । ट्वीटरजस्तै भएको भन्दै मस्कले अब मेटाका सीईओ जुकरबर्गसँग कुस्ती मात्रै नभएर कानुनी लडाइँ लड्ने बताएका हुन् ।
हिजोआज मानिसहरु गफगाफका लागि चिया पसल धाउन छाडेका छन्, त्यसको विकल्पमा सामाजिक संजाल रोजेका छन् । घोत्लिदै उदोमुन्टो लगाएर एकोहोरो मोबाइलमा हेर्ने नशाले मज्जाले गाजेको छ । राम्रा होस वा नराम्रो जे जस्तो भए पनि धकलाज नमानी मानिसहरु सामाजिक संजालको सहारा लिने गरेका छन् । तर, जति प्रयोगकर्ताको संख्या बढ्दै छ, संजाल संचालकहरु भने एकअर्काप्रति दोषारोपणमा उत्रिएका छन् । करिब एक वर्षअघि ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेयता निरन्तर ट्वीटरका मालिक एलन विवादको केन्द्रमा छन् ।
तर, चर्चामै रहन मन पराउने विश्वकै धनी अर्बपति एलन मस्कले अर्का अर्बपति मार्क जुकरबर्गसँग निहुँ खोज्न थालेपछि उनी एकपछि अर्को समस्या भोग्दै आईरहेका छन् । ट्वीटर खरिद गरेयता निरन्तर चर्चामा रहेका मस्कले आफ्नो आय झण्डै आधा घटाउन पुगेका छन् । ठूलो संख्यामा कर्मचारी निकालिनु, विवादित र भ्रामक सूचना फैलाउने व्यक्तिलाई प्लेटफर्ममा फिर्ता बोलाउनु र अर्को अर्बपति मार्क जुकरबर्गसँग कुस्ती नै खेल्ने घोषणा गर्नु नै उनका लागि समस्याको जड बनिरहेको हो ।
केही समयअघि मात्रै मेटाले ट्वीटरको प्रतिस्पर्धी एप बनाउँदै छ भन्ने विषयको थ्रेडमा उत्तर दिने क्रममा मस्कले आफू जुकरबर्गसँग ‘केज फाइट’ अर्थात फलामको रिङमा खेलिने कुस्तीका लागि तयार रहेको बताएका थिए । सोही ट्वीटको स्क्रिनसट राखेर जुकरबर्गले पनि ‘सेन्ड मि द लोकेसन’ अर्थात ठाउँ भन भन्ने खालको जवाफ दिएर चुनौती नै स्विकार गरे । पछिल्लो समय मस्कले आफ्नो सञ्जालमा प्रतिदिन कतिवटा ट्वीट हेर्न पाइने भन्ने कोटा तोकेपछि प्रयोगकर्तामाझ निराशा छाएको थियो । यही मौका छोपेर मेटाले ट्वीटरजस्तै आफ्नै प्लेटफर्म निकाल्ने घोषणा गरिदियो ।
हुन त थ्रेड्सको घोषणा केही समयअघि नै भएको थियो र सो एप यो वर्षको अन्त्यसम्ममा आइसक्ने चर्चा थियो । तर मस्कको हावादारी र अराजक शैलीले प्रतिस्पर्धा र वैकल्पिक प्लेटफर्म दुवैका लागि वातावरण बनाइदिएको विश्लेषकहरू बताउँछन् । १७ वर्ष पुरानो ट्वीटर एपमा विभिन्न अलोकप्रिय व्यवस्था लागू गर्ने मस्कको निर्णयसँगै दु्रत गतिमा विकास भइरहेका साना कम्पनीहरूको फिचर चोरी गर्ने र उस्तै परे ती कम्पनी नै किनिदिने फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको प्यारेन्ट कम्पनी मेटाको पुरानो बानीले थ्रेड्स जन्मिएको हो ।
यो एप दुरुस्त ट्वीटरजस्तै भएकाले मस्कले अब जुकरबर्गसँग कुस्ती मात्रै नभएर कानुनी लडाइँ पनि भिड्ने चेतावनी दिएका छन् । मेटाले ट्वीटरजस्तै एप बनाउन ट्वीटरका पूर्वकर्मचारीलाई लोभ्याएर काममा राखेको, ट्वीटरको ट्रेड सिक्रेट र अन्य संवेदनशील जानकारीहरू चोरी गरेको ट्वीटरको आरोप छ । तर मेटाले भने ट्वीटरको दाबी अस्वीकार गरेको छ । ‘थ्रेड्समा आबद्ध कुनै पनि इन्जिनियर समूहमा ट्वीटरका पूर्वकर्मचारी छैनन् मेटाका सञ्चार निर्देशक एन्डी स्टोनले थ्रेड्समा लेखेकी छन् । मेटाले गत हालसालै इन्स्टाग्राममा आधारित ट्वीटरजस्तै प्लेटफर्म सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया