Breaking

केन्द्रीय समिति बैठकका एजेन्डाबारे शेखर-गगन समूह छुट्टै छलफलमा


काठमाडौँ – केन्द्रीय समितिको बैठकका एजेन्डाका विषयमा नेपाली कांग्रेसको शेखर-गगन समूहले अलग्गै छलफल गरेको छ ।

काठमाडौँको विशालनगरस्थित डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा सोमबार बिहान संस्थापन इतर समूहका नेताहरुबीच छलफल भएको हो ।

केन्द्रीय समितिको बैठकका एजेन्डाबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसो बोलाएको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल केन्द्रित रहेको एक नेताले बताए ।

केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल गर्न कांग्रेस सभापति देउवाले आज दिउँसो दुई बजे आफ्नो निवास धुम्बाराहीमा पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठक बोलाएका छन् । यो बैठकले मंगलबार (साउन २ गते) बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्ने नेताहरुले बताएका छन् ।

सोही बैठकमा कसरी प्रस्तुत हुने र कुन-कुन विषयलाई एजेन्डा बनाउने भन्नेबारे शेखर(गगन समूहले साझा धारणा बनाउन लागेको हो । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक गत असार २७ गते बस्ने तयारी गरिए पनि तयारी नपुगेको भन्दै साउन २ गतेसम्मका लागि स्थगित गरिएको थियो ।