Breaking

सबै प्रदेशमा पानी पर्ने, केहीमा भारी वर्षाको सम्भावना


काठमाडौँ – आज सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन सुझाव दिइएको छ ।

त्यसो अहिले बिहान पनि गण्डकी प्रदेशका केही तथा कोशी र कर्णाली प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो मधेश प्रदेशका थोरै बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस क्रममा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

यसैबीच दिउँसो काठमाडौं उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले जानकारी दिइन् । यस्तै राति मधेश प्रदेशका एकरदुई, कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।