Breaking

रास्वपा र राप्रपाको अवरोधपछि प्रतिनिधिससभा बैठक स्थगित


काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले प्रतिनिधिसभा बैठक अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ संसद्मा पेश गर्न सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत नगरेको भन्दै राप्रपा र रास्वपाले संसद अवरोध गरेका हुन् । तर सभामुख देवराज घिमिरेले भने संसदमा सो विधेयक पेश गर्न आफूले निर्णयार्थ प्रस्तुत गरी बहुमतले स्वीकृत भएको बताएपछि रास्वपा र राप्रपाले बैठक अवरुद्ध गरेपछि ीथपगत भएको हो ।