काठमाडौँ– वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको बिरोधमा अध्यागमन कार्यालय अगाडि प्रदर्शन गरिएको छ । संस्थागत रुपमा श्रम स्वीकृत लिएर रोजगारीमा कुवेत, जोर्डन लगायतका देशहरूमा जान लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले बिनाकारण कामदारहरु फर्काइ रहेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले बिरोध प्रदर्शन गरेको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बिना कारण अध्यागमन विभागले कामदार विदेश जानबाट रोकेका कारण बिरोध गर्नुपरेको बताउनु भयो । उनीहरुले अध्यागमनका महानिर्देशकको राजीनामा समेत माग गरेका छन् ।
Breaking
प्रतिक्रिया