Breaking

कांग्रेस केन्द्रीय समिति बैठकका लागि महामन्त्री थापाले मागे सुझाव


काठमाडौँ – नेपाली कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको बैठकका लागि सुझाव मागेका छन् ।

बैठकमा राजनीतिक परिस्थिति, पार्टीको साङ्गठनिक गतिविधिसहितका विषयमा छलफल हुने भन्दै महामन्त्री थापाले आफ्ना विचार र सुझाव इमेल गर्न आह्वान गरेका हुन् । यसबीचमा जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय समितिमा राख्ने पनि उनले बताए ।
आफ्नो इमेल आइडी र सामाजिक सञ्जालको पोस्टमा कमेन्ट गरेर सुझाव दिन पार्टी पङ्क्तिलाई महामन्त्री थापाले आह्वान गरेका छन् ।

करिब एघार महिनाको अन्तरालपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै साउन २ गते छ।