Breaking

परराष्ट्रमन्त्री साउद बैंकक जाँदै, भारतीय विदेशमन्त्रीसँग साइडलाइन वार्ता हुने


काठमाडौँ – विमस्टेक राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय रिट्रिटमा सहभागी हुन परराष्ट्र मन्त्री एनपी साउद आज थाइल्याण्डको बैंकक जाँदैछन् ।

उनी दिउँसो एक बजे थाई स्माइल एयरवेजको जहाजबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । परराष्ट्रमन्त्रीस्तरीय रिट्रिट सोमबार छ । सोही दिन सवा १० बजे उनी नेपालतर्फ प्रस्थान गर्नेछन् ।

बैंककमा हुने बिमस्टेक विदेशमन्त्री स्तरीय बैठकको क्रममा परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री बीच साइडलाइन वार्ता हुने भएको छ ।
परराष्ट्र मन्त्री बने पछि साउद र एस। जयशंकरबीच दोस्रो साइडलाइन वार्ता हुन लागेको हो। योभन्दा पहिले बंगलादेशमा इन्डिया फाउन्डेशनको कार्यक्रममा सहभागी भएको बेला पहिलो अनौपचारिक भेट भएको थियो।

मन्त्री साउद साउन २ गते मंगलबार थाइ स्माइल एयरवेजकै जहाजबाट स्वदेश फर्किने कार्यक्रम छ । बिमस्टेकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य छन् ।