Breaking

देउवामाथि दबाव बढाउँदै गगन,के गर्छन् शेखर कोईराला ? किन छिन्नभिन्न छ संस्थापन गुट ?


काठमाडौँ — पार्टीको केन्द्रीय समिति वैठक १ वर्षसम्म पनि बस्न नसक्नुमा सभापति शेरबहादुर देउवाको अलोकतान्त्रि हर्कत भएको आरोप लगाउँदै आएका ईतर पक्ष आगामी वैठकमा आक्रामक बन्ने वाटोमा छ । त्यसैको पूर्वतयारीस्वरुप जिल्ला सभापतीहरु समेत काठमाडाँैमा भेला हुदाँ निति महाधिवेशनको माग समेत मुख्य एजेण्डा बनाउने तयारीमा ईतर पक्ष देखिन्छ । जहाँ शेखर कोईराला जस्ता नेता सभापति फकाँउदै नेतृत्वमा पुग्ने रणनितिमा रहदाँ सत्ताको नेतृत्वमा समेत गगनले दवाव बढाँउदै लगेका छन ।

गुटको राजनीतिले जरा गाडेको कांग्रेसभित्र सभापति शेरबहादुर देउवामाथि ईतर पक्षले दवाव बढाँउदै लगेको छ । आगामी साउन ५ गते हुने केन्द्रीय समितिमा आक्रमक रुपमा प्रस्तुत हुने तयारीमा रहेका उनीहरु पार्टी मात्र नभई सत्ता नेतृत्व समेत हत्याउने जसरी प्रस्तुत भईरहेका हुन । एकातर्फ देउवा गुटको दुई खम्बामध्ये वालकृष्ण खाँण जेल परेको अवस्था तथा यहि कारण अर्को खम्बाका रुपमा रहेका पूर्णबहादुर खड्काप्रति खाँणपक्षमा देखिएको असन्तुष्टि क्यास गर्ने पक्षमा ईतर पक्ष । जसमा डा.शेखर कोईराला आफ्नो गगन थापालाई पनि साथ लिने र देउवा फकाउने रणनितिमा छन ।

तर गगन थापा भने आफ्नो अस्थित्व नै स्वीकार नगर्ने कोईराला र उनको एकपक्षसंग दूरि बढाँउदै नयाँ गुट सिर्जनासंगै सत्ता नेतृत्वसम्मकै सपना देखिरहेका छन । त्यसका लागि सरकारका काम माथि पनि प्रश्न उठाँउने अनि वालकृष्ण सहितलाई निम्लम्बन गनुपर्ने माग केन्द्रीय समिति वैठकमा उठाउने तयारीमा रहेका छन् । उनले सभापतीहरुलाई काठमाडाँैमा भेला पारेर प्रतिक्रिया समेत बुझिसकेका छन । त्यस्तै संस्थापन पक्षले टार्दै आएकोे निति अधिवेशनलाई समेत जोडतोडका साथ अघि बढाउने तयारीमा रहेका उनीहरु त्यसअघि पार्टीको देशव्यापी अभियान घोषणा गर्ने तयारीमा छन ।

अभियानमार्फत नीति महाधिवेशनमा छलफलका लागि प्रस्तुत गरिने एजेण्डाबारे जनस्तरबाट राय–सुझाव लिने उनको भनाइका विच त्यो वर्तमान नेतृत्वमाथिकै प्रश्न हुने पक्का जस्तै देखिँदा महामन्त्री थापाले अधिवेशनले निर्वाचनमा राजनीतिक दलहरुबीच गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्नाका साथै नयाँ बाटो खोज्ने बताएका छन । जसले कांग्रेसको रुप र रंग नै नयाँ हुने दावी गरिँदासंसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास कायम रहनेसमेत महामन्त्री थापाको अभिव्यक्ति छ ।
हुन त कोईराला पनि अहिले सत्ता भन्दा पार्टीको नेतृत्वकै लागि लालायित छन् ।

केहि समय अघि चलेको कांग्रेस एमाले एक ठाँउमा आउने चर्चा समेत यसैका लागि देउवालाई प्रधानमन्त्री बनाएर पार्टी नेतृत्व हत्याउने रणनितिमा रुपमा अथ्र्र्याईएको थियो । त्यसका लागि राष्ट्रव्यापी अभियानका रुपमा केहि नेताहरुलाई देश दौडाहामा पनि पठाँउने र देउवाप्रति नरम हुने समेत दोहोरो बाटो उनी अघि बढ्दा गगन चिढिएका थिए । जहाँ पार्टीको अहिले हालतको दोषी सभापती मात्र नभएर सवै पदाधिकारी नै भएको भन्ने तर्कले समेत महामन्त्रीद्धयको तेजोवध गर्ने प्रयास भएको थियो ।

तर त्यो सवैको वृहत छलफल केन्द्रीय समिति वैठकमै हुने र निति अधिवेशन यी समस्या समाधानको बाटो हुने बताँउने उनीहरु वुढा नेताहरुको पालो सकिएको भन्दै आफ्नो पुस्ताको प्रधानमन्त्री हुनै पर्ने सार्वजनिक अभिव्यसक्ति दिदै आएका छन । जहाँ ठुला प्रकरणमा आरजु राणाकै चर्चा र देउवा पक्षकै नेताको संलग्नताले समेत फलाम तातेकै वेला घन हान्नुपर्ने अवस्थामा उनीहरु छन । तर देउवा पक्षका नेताहरु भने राजनीतिमा पुस्ता भन्ने नै नहुने तर्क गर्दै आएका छन ।

हुन त विगतमा पनि कांग्रेसभित्र पुस्तान्तरण र रुपान्तरणको वहस नचलेको हैन । तर त्यो एजेण्डा वोक्नेहरु नै गुटभन्दा माथि नउठ्दा यो पनि वार्गेनिङको आधार भन्दा माथि नउठ्ने एकाथरीको तर्क छ । जहाँ नयाँ आफ्नै खम्बा गुमाएका र नयाँ पार्टीको लहरको मारमा परिरहेकाहरु भने यहि अवस्था रहे आगामी चुनावमा निर्वाचन क्षेत्र खोज्नुपर्ने डरमा समेत छन ।

फलल गुटमै फुट देखिए पनि परिर्वतन पक्षधर र यथास्थिती पक्षधरको नयाँ धुव्रीकरणको आशा समेत छ । त्यहि आशामा गगनहरुले दवाव बढाईरहदाँ पदाधिकारीमाथि नै प्रश्न उठाउने गुट वोकेर देउवा फेरि वलियो नबन्लान भन्न सकिदैन ।