Breaking

प्रधानमन्त्री कप राष्ट्रिय भलिबलको फाइनल खेल आज हुँदै


काठमाडौँ – प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका फाइनल खेल शनिबार हुँदैछन्।

महिलातर्फको उपाधिका लागि आज नेपाल पुलिस क्लब र नेपाल एपीएफबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा दिउँसो सवा १२ बजे शुरु हुनेछ।

आफ्ना पाँचै खेलमा अपराजित नेपाल पुलिस १५ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। एपीएफ ५ खेलमध्ये ४ मा जित निकालेर दोस्रो स्थानमा रहँदै फाइनलमा पुग्न सफल भएको हो । यसअघि यी दुई टोलीबीचको खेलमा नेपाल पुलिस क्लबले लिगमा एपिएफलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै पुरुषतर्फको उपाधिका लागि दिउँसो ३ बजे त्रिपुरेश्वरमै हुने प्रतिस्पर्धामा हेल्प नेपाल र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ।

दुवैतर्फका विजेता टोलीले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले एक लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले ३५ हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।