विदेश

संसद वैठक चल्दै गर्दा सांसदहरुबीच कुटाकुट, अ–मर्यादित कार्य


संसद वैठक चल्दै गर्दा सांसदहरुबीच कुटाकुट हुने गरेको खबर कुनै नौलो होइन । कोसोभोको संसदमा पनि सांसदहरूबीच कुटाकुट भएको भिडिओ नै बाहिरिएको छ । प्रधानमन्त्री कुर्ती ओल्बन संसदको रोस्टममा बोलिरहँदा विपक्षी दलका एकजना सांसदले पानी छ्यापेपछि संसदभित्रै सांसदहरुबीच कुटाकुट भएको हो । जनताको मुद्दा उठाउने सर्वभौम स्थलको रुपमा संसद वैठकलाई लिने गरिन्छ । तर, एक अर्काबीच कुरा नमिल्दा वैठक रणभुमीमा परिणत भएको धेरै घटनाहरु छन् ।

नेपालमा मात्रै होइन, अमेरिका, भारतलगायत विकसित देशहरुमा समेत सांसदहरुबीच कुटाकुट नै चल्ने गरेको छ । पछिल्लो घटनालाई कोसोभोको संसद वैठकलाई लिन सकिन्छ । वैठकमा प्रधानमन्त्री कुर्ती ओल्बने सम्बोधन गर्दै थिए । उत्तरी क्षेत्रका सर्वियन आदिवासीको मुद्दामा भईरहेको छलफलका क्रममा प्रधानमन्त्री कुर्तीले बोलिरहेको बेला विपक्षी सांसदले पानी छ्यापेपछि सांसदहरुबीच कुटाकुट भएको हो । बहसको क्रममा प्रधानमन्त्री कुर्ती र उपप्रधानमन्त्रीसमेतलाई पानी छ्यापेको भिडिओमा स्पष्ट देख्न सकिन्छ ।

एकअर्काबीचको झगडा छुट्याउन संसद वैठकस्थलमा प्रहरी नै परिचालन गर्नुपरेको थियो । सांसदहरुबीच कुटाकुट चलिरहेको बेला प्रधानमन्त्री कुर्तीलाई स्कर्टिङ गरेर बाहिर निकालिएको थियो । कुटाकुटपछि संसद बैठक दुई घन्टाका लागि स्थगित भएको थियो । उत्तरी कोसोभोमा अल्बानियन मेयरहरूले पदभार ग्रहण गरेसँगै त्यहाँ विवाद बढेको हो । सन् २००८ मा सर्वियाबाट अलग भएर बनेको कोसोभोमा ९० प्रतिशत अल्बानियनहरू छन् । उत्तरी क्षेत्रका सर्बहरूले स्वायत्तताको लागि दशक पुरानो सम्झौताको कार्यान्वयनको माग गरिरहेको छ ।

कोसोभोका विपक्षी दलहरूले उत्तरमा प्रधानमन्त्री कुर्तीको नीतिहरूको आलोचना गरेका छन् । जसले प्रमुख पश्चिमी सहयोगीहरूसँगको सम्बन्धलाई तनावपूर्ण बनाएको छ । अमेरिका र युरोपेली युनियनले कुर्तीलाई स्थिति शान्त पार्न दबाब दिएका छन् । कोसोभोमा पछिल्लो समय यस्तो अप्रिय घटना भएको देखिएपनि बिभिन्न समयमा धेरै देशहरुमा पटक–पटक यस्ता गतिविधि देखिँदै आएका छन् ।