देश

मुस्ताङ्गे नानी म्युजिक भिडियो सार्वजनिक


काठमाडौँ — किमी छ्योक्योङ गुरुङले निर्माण गरेको तामाङ सेलोमा आधारित मुस्ताङ्गे नानी नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । ईन्द्र धारा बिष्टको शब्द तथा संगीत रहेको गीत एसटु प्रोडक्सन प्रालिले प्रस्तुत गरेको हो । एस टु प्रोडक्सनको युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो । एसटु प्रोडक्सन प्रालिकै प्रस्तुती रहेको यो गीत विश्व दोङले गाएका हुन् । गीतमा वरिष्ठ नृत्य निर्देशक शुवास राई र रिक्साङ गुरुङको आकर्षक अभिनय रहेको छ ।

गीतमा मुस्ताङका चराङ, घरगुम्बा, लुरी, घारा, यारा, सुर्खाङ, ढि र धे खोला क्षेत्रका आकर्षक दृष्यहरु समेटिएको छ । गीतको अरेन्जरमा विष्णु तामाङ, प्रोडुसरमा किमी गुरुङ, सिनेमाटोग्राफीमा सुरज श्रेष्ठ र गणेश सापकोटा रहेका छन् । गीतको निर्देशन र सम्पादन भने सुरज श्रेष्ठले नै गरेका हुन् । मञ्जु श्रेष्ठको मेकअप रहेको गीतको कोरियोग्राफर भने एमडी सुवास गुरु हुन् ।

भिडियो