Breaking

महाराजगञ्जस्थित टिचिङ अस्पतालका फार्मेसी इञ्चार्ज मृत भेटिए


काठमाडौँ – त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा एक जना कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।
अस्पतालका फार्मेसी इञ्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
शुक्रबार बिहान साढे ८ बजे झुण्डिएको अवस्थामा फेला परेको भन्दै खबर आएपछि प्रहरी वृत्त, महाराजगञ्जको टोली अस्पताल पुगेको थियो । घटनास्थलमा दुई पानाको सुसाइड नोट समेत भेटिएको प्रहरी स्रोतले बताएको छ ।

उनको मृत्युका बारेमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ