Breaking

पाकिस्तान ए विरुद्ध ब्याटिङ गरेको नेपाललाई सुरुवाती झड्का


काठमाडौँ – एसीसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध पहिला ब्याटिङ थालेको छ । तर नेपालका दुबै ओपनर सस्तैमा आउट भएका छन् ।

ओपनर मोहमद शेख १२ र कुशल भुर्तेल १ रन बनाउँदै आउट भएका छन् । भुर्तेल टिमको स्कोर १४ रन हुँदा सहबाज धानीको बलमा बोल्ड भएका हुन् । शेख पनि धानीकै बलमा मोहमद तयबको हातबाट क्याच भए ।

साविक विजेता समेत रहेको पाकिस्तान ए सिनियर टिमबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा मैदान उत्रिएको छ ।