Breaking

इमर्जिङ टिम्स एसिया कप : नेपाल आज पाकिस्तानसँग भिड्दै


काठमाडौँ = एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रबार बलियो पाकिस्तानसँग खेल्दै छ । खेल नेपाली समय अनुसार, बिहान १० बजेर १५ मिनेटमा सुरु हुनेछ । टेस्ट राष्ट्र पाकिस्तानले प्रतियोगितामा आफ्नो ‘ए’ टोली सहभागी गराएको छ ।

जुलाई २३ तारिखसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) को ‘ए’ टोली रहेका छन् । समूह ‘ए’ मा भने श्रीलङ्काको ‘ए’ टोली, बङ्गलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमान रहेका छन् ।

बउउथ ाष्शश
प्रतियोगिताको पहिलो दिन बिहीबार समूह ‘ए’ को दुई खेल भएका थिए । पहिलो दिन भएको खेलमा श्रीलङ्काले बङ्गलादेश र अफगानिस्तानले ओमानलाई हराएका थिए । एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलङ्कामा भइरहेको छ ।

mबलबकबगि कअजयय
िनेपाली टोलीमा रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, देव खनाल, सन्दीप जोरा, कुशल मल्ल, ललित राजवंशी, भीम सार्की, पवन सर्राफ, आसिफ सेख, सूर्य तामाङ, किशोर महतो र श्याम ढकाल रहेका छन् ।

पवन सर्राफलाई अन्तिम समयमा आएर टोलीमा समावेश गरिएको हो । त्यसअघि आरिफ सेख टोलीमा परेका थिए । तर घरायसी कारणले गर्दा आरिफले प्रतियोगिता खेल्न नसक्ने भएपछि उनको स्थानमा पवनलाई राखिएको हो ।

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालको यो चौथो सहभागिता हो । नेपालले सन् २०१३ मा सिंगापुरमा भएको पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । सन् २०१८ मा श्रीलङ्का र पाकिस्तानले संयुक्त रूपमा आयोजना गरेको तेस्रो संस्करणमा भने नेपाली टोलीले खेल्ने अवसर पाएको थिएन ।