Breaking

हैसियत भुलेर लेखनाथसँग भिड्दै ओली,जलहारीले अझै छोडेन,दाहाल माओवादीको खम्बा


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता घटकमध्ये पनि माओवादीलाई निशाना बनाँउदा माओवादी सांसद लेखनाथ दाहाल प्रतिरक्षामा भिडिरहेका छन । प्रतिरक्षामा माओवादी कमजोर देखिदै गर्दा वलियो आवाजका रुपमा दाहाल उत्रिँदा उनको खोजि समेत बढेको छ । जहाँ पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीसमेत लेखनाथको उल्झनमा अल्झिन थालेका छन् । लेखनाथ दाहाल यतिवेला माओवादी केन्द्रका चर्चित सांसद हुन् ।

उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा पित्तलको जलहारी लगाएको आरोप संसदमै लगाएपछि चर्चाको केन्द्रमा रहे । त्यसबेलादेखि नै भड्एिका ओली अझै मत्थर हुन सकिरहेका छैनन् । महालेखापरिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख भएको तथा अख्तियार दूरुप्रयोग अनुसन्धान आयोगले मुद्धा नै चलाएको आधारमा दाहाल संसदमा वोलेपछि एमालेले संसद नै अवरुद्ध गरेको थियो ।

तर त्यसविरुद्ध समेत कडा रुपमा प्रस्तुत भएका उनले त्यतिवेला पशुपतिको जलहरीमा भएको अनियमितताका विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका थिए ।पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै संसदमै ओलीलाई त्यो काण्डमा मुछ्न नमिल्ने बताएपनि त्यहि घटनाबाट दाहालको खोजी ह्वात्तै बढ्यो । त्यसपछिका दिनमा माओवादीर त्यसमापनि प्रचण्डको वलियो खम्बाकम रुपमा लेखनाथ उभिँदा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले गरेको संसद अवरोधमा समेत प्रश्न उठाए।

एमाले विरुद्ध वोल्नुपर्यो कि संसद भवनमा सर्वाधिक खोजीमा पर्न थालेका उनले (एमाले)ले संसद् अवरोधको विश्व रेकर्ड कायम गर्न लागेको आरोप नै लगाए । सरकार अनियमितता र भ्रष्ट्रचारको सवालमा कसैसंग सम्झौता गर्ने पक्षमा नरहेको बताएका उनले यो विचमा ललिता निवास प्रकरणमा एमाले उपाध्यक्ष विष्णु पौडेलतानिने सार्वजनिक अभिव्यक्ति समेत दिएका छन् । एमाले पार्टीविरुद्ध प्रहार गर्दै आएका उनले यो विचमा ओली भ्रष्ट्रचारको मतियार भएकोसम्म भन्न भ्याएका छन । यता यसै त माओवादी माथि खनिने ओली समेत यसमा चुप भने लागेका छैनन् ।

एक एकको ओठे जवाफ फर्काउन माहिर उनले जलहरीमा उठेको प्रश्न मै दाहाललाई जड्याहाको संज्ञा दिएका थिए । दाहाल (राजन) ले संसदमा दिएको अभिव्यक्ति एउटा जँड्याहाले पनि नबोल्ने खालको भएको बताएका उनले सामाजिक मर्यादाको समेत ख्याल नगर्नेहरू सांसद भएको भन्दै आक्रोश व्यक्त गरे। सरकारका पछिल्ला कामलाई नै राजनीतिक तिकडमको संज्ञा दिदै आएका उनले मान्छे मान्छेको नाम तोकेरै जवाफ फर्काउदै आएका छन । आफ्नो हैसियत भन्दा तल ओर्लेर एक सांसद माथि आगो ओकलिरहेका उनले मंगलबार समेत दाहाललाई तालिमे सांसदको संज्ञा दिएका थिए । जलहारी कै विषय उठाएका उनले फेरि त्यो विषय सद्धे मान्छेले वोल्ने विषय नभएको बताएका थिए ।

अर्कालाई मर्यादा सिकाउने ओलीले बारम्बार पार्टीभन्दा व्यक्ति केन्द्रीत अभिव्यक्ति दिईरहदा त्यो पात्र दाहाल नै बन्न थालेका हुन । जसलाई भ्रम फैलाउने र एमालेविरुद्ध घेराबन्दी गर्ने माओवादीको रणनितिका रुपमा ओलीले अथ्र्याउदा उनको प्रहार गर्ने व्यक्ति पुष्पकमल दाहालभन्दा राजन दाहाल बन्नुलाई नै अहिले प्रश्न उठिरहेको छ । जहाँ एमाले नेताहरु भने यसलाई प्रष्टिकरणका रुपमा लिनुपर्ने तर्क गर्छन ।

हुन त विगतमा समेत व्यक्तिवादी आरोप प्रत्यारोप मै उत्रिदै आएका ओलीका लागि यो नौलो विषय हैन । तर प्रचण्ड माधवमाथि चर्को सुनिने उनले अहिले कि त सरकार नै कि त सांसद दाहाल कै उछितो काड्नुले भने उनको मनमा जलहरीले पारेको प्रभाव प्रष्ट छ । त्यसमा पनि प्रमुख सचेतकभन्दा वढि प्रतिरक्षामा उत्रिने सांसद दाहाल यसैपनि प्रचण्ड नजिककै पात्र हुन । जसले दोहोरो प्रहार एकैपटक हुने ओलीको आशा हुनसक्ने विश्लेषणका विच दाहालको कद भने गाली खाएरै बढ्न थालेको छ ।