काठमाडौँ — भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेम परिस्थित वा पात्रा हेरेर होइन जाहाँ जो कोहिसँग जुनसुकै बेला हुन सक्छ । पब्जीबाट माया बसेको भारतीय र पाकिस्तानी जोडीको प्रेमकहानीको चर्चाले सामाजिक सञ्चालमा सनसनी नै मच्चिएको छ । जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो । प्रेम विभिन्न मानिस, फरक उमेर र विभिन्न सम्बन्धको लागि फरक हुन सक्छ ।
प्रेमलाई देश, परिवेश र भुगोलले छेक्दैन । प्रेम गर्न न त उमेरले छेक्छ नत जात, न त सिमाले नै । यसले जात धर्म, जायज.नाजायज, पाप,पुण्य सत्य,असत्य केहि देख्दैन, बस देख्छ त आफ्नो प्रेम । केवल प्रेमी वा प्रेमिका देख्छ । हामीले सुन्ने कथा कहानी, हेर्ने चलचित्रको पात्रमा मात्र होइन वास्तविक जीवनमा यस्ता पात्रहरु छन ।
पब्जीबाट माया बसेको भारतीय र पाकिस्तानी जोडीको प्रेमकहानी यस्तै छ । पाकिस्तान कराचीकी सीमा गुलाम हैदर र भारतका सचिन मीणाको प्रेम कथा कुनै हिन्दी चलचित्र भन्दा कम छैन । इन्टरनेटमा पब्जी खेल्दा खेल्दै झाँगिएको उनीहरुको प्रेम र विवाहको चर्चाले यत्ति बेला सामाजिक सञ्जालमा सनसनी मच्चिएको छ ।
चार सन्तानकी आमा सीमा आफ्नो छोराछोरीका साथ नेपाल हुँदै बिना प्रवेशाज्ञा सीमा नाघेर सचिन भएको ठाउँमा पुगिन् । उनी १० मे मा दुवई शारजाहबाट नेपाल हुँदै १३ तारिखमा नोएडा पुगेको बताईन्छ । उनले गत चैतमा नै काठमाडौ आएर पशुपतिनाथमा सचिनसँग विवाह गरिन् ।
सीमाको २०१४ मा गुलाम हैदर जखरानीसँग विवाह भएको थियो । साउदी अरबमा काम गरिरहेका सीमाका श्रीमान गुलाम हैदरले भने श्रीमती र बच्चाहरूलाई पाकिस्तान फर्काइदिन अपील गरेका छन । तर सीमा कुनै हालतमा घर नफर्किने अडानमा छिन । आफुहरुको विवाह गराई दिन सरकारसँग माग गरेका छन ।
सीमाको भारत प्रवेश शंकास्पद मानिएको छ । पक्राउ परेका उनीहरुलाई नोएडा प्रहरीले जमानतमा रिहा गरेपनि उनीहरु एकसाथ बस्दै आएका छन । भारत पाकिस्तानबीचको शत्रुतापूर्ण कुटनीतिक सम्बन्धका बीच धार्मिक तथा भौगोलिक सीमा नाघेको यो प्रेमकहानीले धेरैको ध्यान खिचेको छ ।
प्रतिक्रिया