काठमाडौँ — २४ घण्टाभित्र सञ्चार सचिव राउतलाई उपस्थित गराउन सर्वोच्चले आदेश दिएका छन् । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
राउतका तर्फबाट उषा कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै अदालतले बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुनु नपर्ने कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखत जवाफ पेश गर्न पनि आदेश दिएको छ ।

प्रतिक्रिया