Breaking

आज र भोलि भारी वर्षाको सम्भावना


काठमाडौँ – आज देशका सातै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको महाशाखाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मौसम महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका एकरदुई ठाउँमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । अनि मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति पनि सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । अनि मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी पनि आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।