Breaking

डोटीमा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ घाइते


काठमाडौँ – डोटीमा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

बुधबार साँझ आर्दश गाउँपालिका-२ का मौवामा बा१ज ९४३९नम्बरको गाडी दुर्घटना हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया हिरा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

गाडीमा सवार आर्दश-५ बस्ने ३५ वर्षीय रवीन्द्र सुनार, वडानम्बर २ बस्ने  ३० वर्षीय टेकबहादुर तिरूवा र चालक  वीरबहादुर खड्का घाइते छन् ।