Breaking

प्रचण्डलाई ओलीदेखि देउवा–माधवको सान्त्वना, सन्नटामा प्रचण्ड परिवार


काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष एवंम प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड पत्नी सिता दाहालको निधन भएको छ । लामो समयदेखि ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ नामक जटिल रोगबाट पीडित दाहालको बुधवार विहान नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रधानमन्त्री पत्नी मात्र नभई मुलुकको व्यवस्था परिवर्तनका योद्दाका रुपमा परिचित दाहालको बुधवार नै राष्ट्रिय सम्मानसहित अन्तेष्टि गरिएको हो । बुधबार विहान एकाएक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनको खबरले देशभर मर्माहत छायो । लामो समयदेखि ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ नामक जटिल रोगबाट पीडित दाहालको निधनमा राजनीतिक वृत्त शोकमग्न बन्न पुग्यो ।

माओवादी केन्द्रका अध्यक्ष एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक दशक यता मात्रै आफ्नो परिवारका महत्वपूर्ण तीन सदस्य गुमाए । जेठी छोरी ज्ञानु र छोरा प्रकाश दाहाल गुमाएको पीडा भुल्न नपाउँदै श्रीमती सिता दाहाल गुमाउनु प¥यो । छोरा प्रकाश दाहाललाई आफैले दागवत्ति दिएका प्रचण्डले दुई छोरी रेणु र गंगाको साहारामा पत्नी सितालाई पनि आफैले दागवत्ति दिए । पत्नी गुमाउँनुपर्दा प्रधानमन्त्री प्रचण्ड सह्मालिन नै सकेनन्, निक्कै भावविह्वल हुन पुगे । जनयुद्धका सुप्रिमो कमान्डर प्रचण्ड राजनीतिक रुपमा जति विद्रोही स्वभावका छन, उत्तिकै भावुक पनि ।

श्रीमती सीताको निधनले मर्महात उनी पटक पटक भक्कानिए । स्वदेश–विदेशका अस्पतालदेखि धार्मिक तथा आध्यात्मिक स्थलसम्म पु¥याएर श्रीमतीको उपचार गर्ने कोसिस गरे प्रचण्डले । तर कुनै प्रयास सफल हुन सकेन । उनको निधनपछि उच्च पदस्थ अधिकारीदेखि विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरु अस्पताल, माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा हुँदै पशुपति आर्यघाटसम्मै पुगेर श्रद्धान्जली अर्पण गरेका छन ।

महत्वपूर्ण राजनीतिक योगदान दिएकी सिता दाहाल राजकीय सम्मानसहित संसारबाट बिदा भईन् । प्रधानमन्त्री वा पार्टी अध्यक्षको श्रीमती मात्र नभई जनयुद्धकाल हुँदै मुलुकको व्यवस्था परिवर्तनका एक योद्धा गुमाएको माओवादी नेताहरु बताउँछन । देशले एउटा असल योद्दा र अभिभावक गुमाएकोमा माओवादी केन्द्रका नेताहरुसमेत भावुक बन्न पुगेका छन् ।

देशको राजनीतिमा उथलपुथल ल्याउने युद्धको नेतृत्व गरिरहेका सुप्रिमो प्रचण्डलाई सल्लाह र सचेत’ गराउने सीता प्रचण्डका लागि मात्र नभई पार्टीभित्र संकट सुल्झाउन समेत महत्वपूर्ण पात्र मानिन्छ । तर, अब असल पत्नी मात्रै नभएका प्रधानमन्त्री प्रचण्डका असल सल्लाहकार संधैका लागि ढलेको छ । एक गृहिणीबाट भूमिगत राजनीतिमा सक्रिय सहभागी भएर पार्टी सदस्य हुँदै केन्द्रीय सदस्य र हाल सल्लाहकारको भूमिकामा रहेकी सीताको निधनले प्रधानमन्त्री प्रचण्डले मात्रै नभएर सिंगो देशले नै क्षति बेहोर्नुपरेको छ ।