Breaking

कोशी सरकार विवादः सर्वोच्चमा सुनुवाइ सकियो


काठमाडौँ — कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको बर्खास्तीको माग गर्दै दायर भएको रिटको सुनुवाइ सकिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको इजलासमा भएको सुनुवाइ सकिएको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

कोशी प्रदेश सरकारको बर्खास्तको माग राख्दै सर्वोच्चमा रिट दायर भएको थियो । रिटमाथिको आदेश आजै आउने भण्डारीले बताए । प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेसका थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्तका लागि सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर भएको विरोधमा एमालेले अदालतमा रिट दायर गरेको थियो ।