Breaking

राष्ट्रपति पौडेलले टेलिफोन गरेर प्रधानमन्त्री प्रचण्डलाई दिए समवेदना


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोनमार्फत् समवेदना दिएका छन् ।

पत्नी शोकमा रहेका प्रचण्डलाई राष्ट्रपति पौडेलले उक्त खबरले आफूलाई अत्यन्त दुखी बनाएको बताए । राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल यतिबेला निवासमै आराम गरिरहेका छन् । प्रधानमन्त्री पत्नी सीताको बुधबार बिहान ८ः३३ मा उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई ११ बजेदेखि १ बजेसम्म नेकपा माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा राख्ने र २ बजे पशुपतिस्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।