समाचार

ब्वाँसोको टोकाइबाट धनकुटामा १२ जना घाइते


काठमाडौँ – धनकुटामा जगंली जनावरको आतंक बढेको छ । ब्वाँसो जस्तो देखिने जनावरको टोकाइबाट हिजोमात्रै धनकुटा नगरपालिका ५ र ७ मा १२ जना घाइते भएका छन् ।

बालमन्दिर टोलमा पानी लिन कुवामा गएकाहरु जनावरको आक्रमणमा परेका हुन् । सितलपाटीमा पनि घरघरै गएर स्थानीयलाई टोकेको छ । घाइतेहरुको धनकुटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस अघि भिरगाउ, चुरेघाटी र देब्रेबास क्षेत्रमा पनि ७ जनाभन्दा बढी स्थानीय घाइते भएका प्रहरीले जनाएको छ ।

जंगली जनावरको आक्रमण बढेपछि धनकुटा प्रशासनले सतर्कता अपनाउन अपिल गरेको छ ।